काठमाडौं । लगातारको वर्षाका कारण देशभरिको जनजीवन प्रभावित भएको छ । देशैभर लगातार आएको पानीले जनजीवन प्रभावित भएको छ । पहाडमा पहिरो जाने, सडक अवरुद्ध हुने समस्या देखिएको । देशभरि अहिले पानी परिरहेको छ ।
स्याङजा र पाल्पामा गएराति पहिरो जाँदा १ जनाको मृत्यु भएको छ, १४ जना वेपत्ता भएका छन् । अझै कम्तिमा तीन दिन पानी पर्ने छ ।
वर्षाका कारण नदी बढ्ने र कमजोर जमिनमा पहिरो जान सक्ने भएकाले सर्तक रहन मौसमविदले आग्रह गरेका छन् । अझै ३ दिन पानी पर्न नरोकिने भएकाले सर्तक रहन मौसमविद गंगा नगरकोटीले सीआइएनसँग बताउनुभयो ।
यस्तो छ तीन दिनको मौसम
असोज ८ गते (बिहीबार)
दिउँसो : देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ।
राती : देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १-२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ।
असोज ९ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा र १-२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ।
राती : देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा र १-२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ।
असोज १० गते (शनिबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का १-२ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
सबै प्रदेशका धेरै स्थानमा भारी वर्षा साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७, ०८:४७