चितवन । चखेवा जाडो याममा साइबेरियादेखि बसाँई सरेर वर्षेनी नेपालमा आउने हाँस प्रजातिको चरा हो । यिनीहरूको भाले-पोथी जोडी आजीवन साथ रहने गुणका कारण प्रख्यात छन् । त्यसैले यो चराको जोडीलाई 'चखेवाचखेवी' भनेर भाले पोथीलाई सँगै बोलाउने पनि गरिन्छ ।
प्रायजसो एक जोडी वा सानो समूहमा बस्न रुचाउने चखेवा, जाडो याममा भेला हुँदा कहिलेकाहीँ ठुलै समूह पनि हुने गरेको छ । कोशीटप्पुमा एकै समूहमा ४ हजारसम्मको सङ्ख्यामा पनि चखेवालाई देखिने गरेको चराविद् बताउँछन् । यो वर्ष पनि नेपालमा धेरै चखेवा आएका छन् । गत हप्ता चितवनको मेघौलीमा फोटो ग्राफर ओम यादवले खिचेका केही तस्बिर-







प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९, १६:१२