काठमाडौँ । कर्णाली प्रदेशमा पर्ने कालिकोटको खाँडाचक्र ५ मा बिहान उज्यालो नहुँदै महिलाहरूको एक हुल ओरालो झरिरहेको देखिन्छ । छुट्न लागेको बस पक्रिने हतारो झैँ बस्तिभन्दा झण्डै २ किलोमिटर तल पुग्ने महिलाको लस्कर छर्लङ उज्यालो भएपछि पिठ्युमा डोको बोक्दै उक्लिरहेको भेटिन्छ ।
एक थोपा पानीका लागि गाउँमा महिलाहरूले त्यसैगरी सङ्घर्ष गरिरहेको वर्षौँ भयो । समयले छाड्यो पानीको दुःखले झन् च्याप्दै लगेको छ । कल्पना चौलागाई हरेक दिन आधा घण्टा ओरालो झरेर पानी भर्नुहुन्छ र भरिएको गाग्री बोकेर १ घण्टा उकालो उक्लिएर घर पुग्नुहुन्छ ।
दैनिक कम्तिमा पनि २ पटक धारामा नगए पानी पुग्दैन । यसोगर्दा दैनिक कम्तिमा पनि ४ घण्टा समय पिउने पानीको जोहो गर्दैमा बित्छ । पानी लिन धारामा जाँदा घरमा एक्लै छोराछोरी छोडेर जानुपर्छ । फर्कँदासम्म लड्लान भन्ने चिन्ताले सताउँछ ।
छोराछोरीलाई सुताएर पानी लिन गयो, फर्कँदा छोराछोरी लडेर हातखुट्टा भाँच्नेदेखि चुलोमा पस्नेसम्मको समस्या छ । बिहान झिसमिसेमा नै धारामा नगए लामो लाइन हुन्छ, अबेला हुने डरले छिटै गयो, बाटोमा डराइमर्नु । रावलले गूनासो गर्नुभयो, ‘पानीको समस्याले यति अफ्ठेरो पारेको छ कि शब्दमा बयान पनि गर्न सकिदैन ।’
पुरुषहरू घरमा छैनन् । पानीको जोहो गर्नेदेखि घरधन्दा सबै महिलाको जिम्मा । बच्चा सुतेको मौका पारेर पानी लिन गयो, फर्किँदा लडेर घाइते भइसकेको हुन्छ । पाहाडी बस्तिमा महिलाका यी साझा समस्या बनिसकेका छन् । पानीले महिलाको समयमात्रै विथोलेको छैन जीवनचक्र नै अप्ठ्यारोमा धकेलेको छ ।
कालिकोटकै सरीता रावलका अनुसार बिहानै रित्ता भाँडा लिएर पानी भर्न जानु कम चुनौतीपूर्ण छैन । छोराछोरीलाई सुताएर पानी लिन गयो, फर्कँदा छोराछोरी लडेर हातखुट्टा भाँच्नेदेखि चुलोमा पस्नेसम्मको समस्या छ ।
बिहान झिसमिसेमा नै धारामा नगए लामो लाइन हुन्छ, अबेला हुने डरले छिटै गयो, बाटोमा डराइमर्नु । रावलले गूनासो गर्नुभयो, ‘पानीको समस्याले यति अफ्ठेरो पारेको छ कि शब्दमा बयान पनि गर्न सकिदैन ।’
प्रदेश नम्बर १ को पहाडी जिल्ला पाँचथरको कुम्मायक गाँउपालिका पनि पानीकै अभावमा काकाकूल छ । वडा नम्बर २ बाहेक ४ वडामा एक गाग्री पानीका लागि कम्तिमा ३ घण्टासम्म छुट्याउनुपर्छ ।
पानीकै पछि लाग्दा किशोरीले विद्यालय छुटेको समेत पत्तो पाउन छाडेका छन् । दैनिक ६/७ घण्टासम्म पानीको जोहो गर्न हिड्दा कहिले खाना पकाउन ढिला हुन्छ कहिले श्रीमानलाई कार्यालय पठाउन ।
कयौँ बिहान पानीकै जोहोमा काममा जान ढिला भयो । चाहार्दा चाहार्दै पानी त जुट्यो तर काम भने छुट्यो । दिउँसो कुल्लि काम गर्ने उहाँले पानी जुटाउनुपर्ने बाध्यताका कारण काम छोड्नुभयो । काममा गए पानी किन्नुपर्ने, पानी जुटाउन बिहानभरि लाइनमा बस्यो काम छुट्ने । ५ जनाको परिवारको लागि दैनिक २ गाग्री पानी चाहिन्छ । जहाँ पानीको दुःख छ, त्यहाँ एक महिलाले एक वर्षमा १४ सय किलोमिटर यात्रा पानीका लागि नै गर्नुपर्ने देखिन्छ ।
पानी बोक्दाबोक्दै ढाड र हातको नसाको समस्या हुने महिलाहरूको सङ्ख्या बढीरहेको अस्पताको तथ्याङ्कले देखाइरहेको छ । प्रदेश नम्बर ३ को सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाका बीना श्रेष्ठको करेसाबारीमा भूकम्मअघि हिउँदबर्खै हरियो तरकारी छपक्कै देखिन्थ्यो । तर अहिले पिउनै पानी पुग्दैन ।
करेसाबारीमा सुक्यो खर्च बढ्यो, आम्दानी घट्यो । परिवार चलाउन मुस्किल छ । पानीको अभाव छ । छोराछोरीको स्कूल जाने पोशाक दिनदिनै नधोए फोहोर हुन्छ । पानी कसरी पुर्याउनु ? कपडा धुन ३० मिनेट टाढा दुरीमा रहेको कुवामा गए पनि पिउने पानी पुर्याउन मुस्किल ।
पानी अभावकै कारण तनहुँका राजकुमारी शिकाकोटीले जागरिक नै गुमाउनु पर्यो । कयौँ बिहान पानीकै जोहोमा काममा जान ढिला भयो । चाहार्दा चाहार्दै पानी त जुट्यो तर काम भने छुट्यो । दिउँसो कुल्लि काम गर्ने उहाँले पानी जुटाउनुपर्ने बाध्यताका कारण काम छोड्नुभयो ।
पानीसँग जोडिएको महिलाहरूको दुःख खानेपानी मन्त्री बीना मगरलाइ थाहा छ त ? सीआईएनसँगको कुराकानीमा मन्त्री मगरले भन्नुभयो, 'पानीको लागि महिलाहरूको दैनिक १० घण्टासम्म खर्च भइरहेकाले सबैलाई स्वच्छ पिउने पानीको पहुँच पुर्याउन सरकार योजनाबद्ध र गम्भीर ढङ्गले लागिरहेको छ । '
काममा गए पानी किन्नुपर्ने, पानी जुटाउन बिहानभरि लाइनमा बस्यो काम छुट्ने । ५ जनाको परिवारको लागि दैनिक २ गाग्री पानी चाहिन्छ । जहाँ पानीको दुःख छ, त्यहाँ एक महिलाले एक वर्षमा १४ सय किलोमिटर यात्रा पानीका लागि नै गर्नुपर्ने देखिन्छ ।
पानीसँग जोडिएको महिलाहरूको दुःख खानेपानी मन्त्री बीना मगरलाइ थाहा छ त ? सीआईएनसँगको कुराकानीमा मन्त्री मगरले भन्नुभयो, 'पानीको लागि महिलाहरूको दैनिक १० घण्टासम्म खर्च भइरहेकाले सबैलाई स्वच्छ पिउने पानीको पहुँच पुर्याउन सरकार योजनाबद्ध र गम्भीर ढङ्गले लागिरहेको छ । '
पृथ्वी जति ठूलो छ, त्यसको ७० प्रतिशत पानीले ओगटेको छ । तर त्योमध्ये जम्मा तीन प्रतिशत मात्रै पानी पिउन लायक छ । ३ प्रतिशत मध्ये पनि ७० प्रतिशत पानी बरफ बनेर जम्दा १ प्रतिशतभन्दा कम पानीले सारा विश्वले गुजारा चलाइरहेको छ ।
नेपालमा एक थोपा पानीका लागि सङ्घर्ष गरिरहेका गाउँका कथा र त्यो भित्रका महिलाका व्यथा 'पानी जिन्दगानी' को आउने शृङ्खलामा खोतल्दै जानेछौँ।
प्रकाशित मिति: आइतबार, माघ २७, २०७५, १६:०१