काठमाडौं । नेपाली कांग्रेसमा जिल्ला सभापतिहरुले केन्द्रिय समितिबाट भएको निर्णयको सामुहिक विरोध गरेको छन् । सभापति शेरबहादुर देउवा पक्षका जिल्ला सभापतिहरु पनि उहाँकै विपक्षमा देखिएका छन् ।
निर्णय नसच्याए विषेश महाअभिवेसन बोलाउने चेतावनी पनि दिएका छन् । महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले दिएको वचनविपरीत केन्द्रीय कार्यसमितिले विधान पास गरेपछि जिल्ला सभापतिहरुले विज्ञप्ति नै जारी गरेर नेतृत्वलाई चेतावनी दिएका हुन् ।
विज्ञप्तिमा गल्ती नसच्याए विशेष महाधिवेशनको पहल गर्ने चेतावनी दिइएको छ । विज्ञप्तिमा भनिएको छ,– पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पुर्याउने उक्त निर्णय माथि शिघ्र पूनर्विचार गर्न जोडदार माग गर्दछौँ । अन्यथा बिशेष महाधिवेशनका लागि समेत पहल गर्न बाध्य हुनेछौँ । ५६ जना जिल्ला सभापतिहरुले केन्द्रीय सदस्यहरु पनि तल्लो तहबाट चुनिएर आउनुपर्ने र आरक्षण कोटा एक तहमा एक पटक मात्र हुनुपर्ने माग गरेका हुन् ।
विज्ञप्ति जारी गर्ने जिल्ला सभापतिहरु :
प्रदेश नं. १
१) लिला देवी बोखिम — ताप्लेजुंग
२) नरेन्द्र कुमार केरुङ्ग — पांचथर
३) हिमालय कर्माचार्य — ईलाम
४) उद्धव थापा — झापा
५) गोविन्द ढुंगाना — तेह्रथुम
६) नन्दमणि राई — भोजपुर
७) नरेश कुमार श्रेष्ठ — खोटांग
८) बिनोद बस्नेत — सोलुखुम्बु
९) राजिब कोइराला — सुनसरी
१०) डिग बहादुर लिम्बु — मोरंग
११) बिदुर बस्नेत — गाईघाट
१२) दिपेन कुमार श्रेष्ठ ) संखुवासभा
प्रदेश नं. २
१) कृष्ण देव यादव — रौतहट
२) अजय दुवेदी — पर्सा
प्रदेश नं. ३
१) उज्जल बराल — सिन्धुली
२) मधु आचार्य — काभ्रे
३) लवश्री न्यौपाने — रामेछाप
४) बिकाश लामा — सिन्धुपाल्चोक
५) जगदीश नरसिंह केसी — नुवाकोट
६) दुर्लभ थापा — भक्तपुर
७) सबुज बानिया — काठमाडौँ
८) पेम्बा क्षिरिङ्ग लामा — रसुवा
९) रमेश धमला — धादिंग
१०) जित नारायण श्रेष्ठ — चितवन
प्रदेश नं. ४
१) बैकुण्ठ न्यौपाने — तनहुँ
२) कृष्ण केसी —कास्की
३) खम्ब गर्बुजा —म्याग्दी
४) यङ्गजीङ्ग बिष्ट —मुस्तांग
५) कुमार राणा —स्याङजा
६) बिष्णु प्रसाद लामिछाने —नवलपुर
७) भेष बहादुर पौडेल —लम्जुङ्ग
८) हरि ब घले —गोरखा
प्रदेश नं. ५
१) अर्जुन पोखरेल —परासी
२) बिर बहादुर राणा —पाल्पा
३) भुवन श्रेष्ठ —गुल्मी
४) बिष्णु प्रसाद खनाल(मुश्कान) —अर्घाखाची
५) सुरेन्द्र प्रसाद आचार्य —कपिलबस्तु
६) अम्मर प्रसाद भण्डारी — प्युठान
७) अमर सिंह पून —रोल्पा
८) केशर मान रोका —पूर्व रुकुम
९) किरण कोइराला —बाँके
१०) संजय गौतम — बर्दिया
प्रदेश नं. ६
१) खड्ग बहादुर शाही — मुगु
२) दिप बहादुर शाही —जुम्ला
३) हर्ष बहादुर बम —कालिकोट
४) कृष्ण कुमार बिसी — दैलेख
५) कमल राज रेग्मी —सुर्खेत
६) प्रेम प्रकाश ओली —पश्चिम रुकुम
७) गणेश बहादुर चन्द —सल्यान
८) दिपक जंग शाही — जाजरकोट
९) जयपति रोकाया —हुम्ला
१०) अंगत बुढा —डोल्पा
प्रदेश नं. ७
१) कर्ण बहादुर मल्ल —डडेल्धुरा
२) ललित सिंह बोहरा —दार्चुला
३) नरेन्द्र सिंह थापा —बैतडी
४) हर्क जंग बहादुर सिंह —बझांङ्ग
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५, १५:०३