सुरेशप्रसाद सायंजू,रेडियो जनसञ्चार,भक्तपुर
भक्तपुरका ४ वटै नगरपालिका यतिबेला कोरना भाइरस प्रभावित समुदायलाई राहात वितरणमा केन्द्रीत भएका छन् ।
भक्तपुर नगरपालिकाले एक करोडको राहात कोष स्थापना गरेको छ ।
न्यून आय भएका, विपन्न समुदायलाई लक डाउनको समयमा राहात बितरण गर्न केन्द्र र प्रदेश सरकारबाट दिइने रकम पनि राहत कोषमा जम्मा गरी राहत वितरणका लागि तयारी भइरहेको नगरपालिकाका प्रशासक दामोदर सुवालले जानकारी दिनुभयो ।
मध्यपुर थिमी नगरपालिकाले भने बिहीबारदेखि २ हजार बराबरको राहात वितरण थालेको मेयर मदन सुन्दर श्रेष्ठले बताउनुभयो । मेयर श्रेष्ठका अनुसार नगरभरीका करिब ६ हजार प्रभावित समुदायलाई ५० लाख बराबरको राहात वितरण गर्ने तयारी भएको छ ।
सूर्यविनायक नगरपालिकाले हिजोबाट राहत वितरण सुरु गरेको छ । एउटा सामाजिक संस्थाले उपलब्ध गराएको राहातलाई सूर्यविनायक नगरपालिका वडा नम्वर १ का ४ सय जनालाई वितरण गरेको नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत कमल ज्ञवालीले बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाले साढे दुई करोडको कोष स्थापना गरेको छ ।
राहत वितरणका लागि स्थानीय जनप्रतिनिधीको सक्रियतामा न्यून आय भएका परिवारको नामाबली संकलनमा जुटिरहेको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवि तिमल्सेनाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६, ०७:४०