काठमाडौँ । ‘हामी हिमाञ्चल प्रदेश भन्ने ठाउँमा थियौँ । घरमा आएको एक महिना १५ दिनजति भयो । हामी आउँदा सीमानामा सामान्य जाँच हुँदै थियो । ज्वरोको अवस्थाको बारेमा त्यहाँ जाँच गरिएको थियो ।’ अछाम मङगलसेन ४ का लोकराज न्यौपानेले भने जस्तै सुदूरपश्चिमका प्राय सबैजसो गाउँमा भारतबाट पर्किएका मानिसहरू ठूलो सङ्ख्यामा छन् ।
तर उनीहरू कति सङ्ख्यामा छन् ? सीआईएनले ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्दा कसैले पनि एकिन तथ्याङ्क दिन सकेनन् ।
लकडाउनपछि अर्थात् चैत ११ गते आएका मानिसलाई सकेसम्म क्वारेन्टाइनमा राखिएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले खुलमखुल्ला नेपाल क्षेत्रभित्र भारत गएकाहरू प्रवेश गरेको सत्य रहेको जानकारी दिँदै ती प्रवेश गरेकालाई जाँच गरेर मात्र क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बताउनुभयो ।
जुनदिन कैलालीको गौरीफन्टा नाकाबाट ती युवा प्रवेश भएको देखियो, त्यही दिन सुदूरपश्चिमका सबै जिल्लाका ९ सय ९८ जनालाई बसमा राखेर गाउँ पठाइएको थियो । त्यसैकारण सुदूरपश्चिमका सबै जिल्ला कोभिड–१९ को उच्च जोखिम छन् ।
‘लकडाउनपछिका सबै नागरिक क्वारेन्टाइनमा बसेका छन् । अन्य जिल्लाका नागरिक पनि आउने भएका कारण उनीहरूको बारेमा भन्न सकिने अवस्था छैन । प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो ।
तर अझैँ पनि लुकीछिपी आउने मानिसको सङ्ख्या कम भएको छैन । कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सेन बडायकका अनुसार बेलौरी र पुनर्वासबाट नागरिकहरू छिरिरहेका छन् ।
यो खुला सीमा नाकाबाट बिहान निस्केर लालझारीबो बाटो हुँदै जङ्गलैजङ्गल भारत गएका नेपालीहरू फर्कने गरेका छन् ।
सुदूरपश्चिमका ८८ वटै स्थानीय सरकारले भारत र तेस्रो मुलुकबाट फर्किएकाहरूको तथ्याङ्क सङ्कलन गरिरहेका छन् । तर गाउँ फर्किएकाहरू स्थानीय सरकारले व्यवस्थापन गरेको क्वारेन्टाइन अर्थात् एकान्तबासमा बस्न मानिरहेका छैनन् ।
अछामको ढकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर ओलीले बस्ने, खाने व्यवस्थापन गर्छौँ भन्दा पनि स्थानीयले नमानेको बताउनुभयो । उहाँका अनुसार बनाइएका क्वारेन्टाइन पनि रित्तै छन् ।
विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनले एउटा सङ्क्रमित व्यक्तिले औसतमा करिब ३ व्यक्तिलाई सङ्क्रमित तुल्याउने र ती व्यक्तिहरूसँग भेटेका नयाँ १० जना मानिसबाट एक साता पनि नबित्दै ३५ सयभन्दा बढी सङ्क्रमित हुनसक्ने औँल्याएको छ ।
फागुनको अन्तिम साता यता मात्रै सुदूरपश्चिमका मुख्य ५ वटा र सहायक एक दर्जनभन्दा बढी नाकाबाट एक लाख ४३ हजारभन्दा धेरै मानिस भित्रिएका छन् ।
कोरोना सङक्रमित पुष्टि भएका युवा पनि भारतबाट आउनेहरूको त्यही भीडमा मिसिएर गाउँ फर्किएका थिए ।
जुनदिन कैलालीको गौरीफन्टा नाकाबाट ती युवा प्रवेश भएको देखियो, त्यही दिन सुदूरपश्चिमका सबै जिल्लाका ९ सय ९८ जनालाई बसमा राखेर गाउँ पठाइएको थियो । त्यसैकारण सुदूरपश्चिमका सबै जिल्ला कोभिड–१९ को उच्च जोखिम छन् ।
प्रदेश सरकारका अनुसार सुदूर पश्चिममा हाल २ हजार ३ सय १७ जनालाई क्वारेन्टाइन अर्थात् एकान्तबासमा छन् ।
विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनले एउटा सङ्क्रमित व्यक्तिले औसतमा करिब ३ व्यक्तिलाई सङ्क्रमित तुल्याउने र ती व्यक्तिहरूसँग भेटेका नयाँ १० जना मानिसबाट एक साता पनि नबित्दै ३५ सयभन्दा बढी सङ्क्रमित हुनसक्ने औँल्याएको छ ।
त्यसकारण सङ्क्रमित जुन हिसावले नेपाल फर्किए, सुदूरपश्चिम ठूलो जोखिममा छ ।
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६, २०:५०