काठमाडौँ । शान्तीभूमिको रूपमा परिचित बुद्धको जन्मस्थल लुम्बिनी प्रदेश ५ को मुख्य पर्यटकीय केन्द्र हो । महाभारतकालीन महत्वपूर्णस्थल स्वर्गद्वारी र बर्दिया तथा बाँके राष्ट्रिय निकुञ्ज पनि प्रदेश ५ मै पर्छ ।
यीनै प्राकृतिक स्रोत र साधानबाट सरकारले पर्यटक बढाएर आर्थिक लाभ लिन सक्छ । विश्लेषक डा. राजेश केशर खनाल भन्नुहुन्छ,' पहाडदेखि तराईसम्म भूगोलले छोएको कारणले कृषिलाई विभिदिकरण गरेर लैजान सकिन्छ । बृहत रुपमा र अर्काे सघन रुपपमा खेतीको वातावरणा बनाएर किसानलाई उत्पादन बढाउन प्रोतसाहन गराउनुपर्छ ।'
कृषि र जडिबुटीको संभावना पनि पाँच नम्बर प्रदेशमा धेरै छ । गूल्मि, अर्घाखाची लगायत पहाडी जिल्लामा कफी र जडिबुटी खेती गरी नागरिकको जीवनस्तर उकास्न सकिन्छ भने बाँके, बर्दिया, दाङलगायत तराइका भूभागमा तरकारी तथा नगदेबालीको संभावना छ ।
नेपालगञ्ज र भैरहवा औद्योगिक शहरका रुपमा बिकसित हुदैछन् भने सारंगी, सिंगारु नाच, टप्पा, थारु सस्कार, सस्कृती, प्रदेश नम्बर ५ को सास्कृतिक आकर्षण हो ।
पाल्पाको तानसेनमा रानी महल पर्यटकीय गन्तव्यको बन्नसक्यो भने आम्दानीका अनेक आधार सिर्जना गर्न सकिन्छ भने भैरहवाका चुन ढुङ्गा खानीले प्रदेशलाइ औद्योगिक रूपमा सबल बनाउन सक्छ ।
२२ हजार २ सय ८८ बर्ग किलोमिटर क्षेत्रफल रहेको प्रदेश पाँच जातीय, वातावरणीय, सांस्कृतिक एवं भौगोलिक विभिदताले पनि भरिपूर्ण छ । यो विभिदतालाई आम्दानीको माध्यम बनाउँदै समृद्ध प्रदेश निर्माणका लागि योजना र कार्यान्वयनको उतिकै आवश्यक छ ।
'धार्मिक पर्टनको सम्भावना पनि उतिकै देख्छु पाँच नम्बर प्रदेशमा किन कि समन्वय गर्न सक्यो भने प्रदेश सरकारले गर्मी याममा गुल्मी, पाल्पा लगायतका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्टक जाने वातावरण पनि बनाउन सक्छ ।' विश्लेषक खनालले भन्नुभयो, ' महाभारत रेञ्जहरुमा त्यस्ता ठाउँहरु पहिचान गर्न सकियो भने प्रायः भारतीय पर्यटक धेरै आउने सम्भावना हुन्छ।'
प्रदेश ५ मा प्रतिव्यक्ति औसत वार्षिक आय ९ सय २८ दशमलव २७ अमेरिकी डलर रहेको छ भने प्रदेशमा अझै २६ दशमलव ६८ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको तथ्याङकले देखाउँछ ।
१२ जिल्ला समेटिएर बनेको प्रदेश ५ मा २०६८ को जनगणना अनुसार ४३ लाख २३ हजार जनसङख्या छ । मानव विकास सूचकाङ्क शून्य दशमलव ४६ छ । समथर तराईदेखि हिमालसम्म फैलिएको प्रदेश–५ वातावरणीय र सामाजिक रूपमा विविधता भएको प्रदेश हो ।
२२ हजार २ सय ८८ बर्ग किलोमिटर क्षेत्रफल रहेको प्रदेश पाँच जातीय, वातावरणीय, सांस्कृतिक एवं भौगोलिक विभिदताले पनि भरिपूर्ण छ । यो विभिदतालाई आम्दानीको माध्यम बनाउँदै समृद्ध प्रदेश निर्माणका लागि योजना र कार्यान्वयनको उतिकै आवश्यक छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५, १६:०९