सिमरा ।
भारतसँगको खुला सिमानाको फाइदा उठाउँदै लुकिछिपि नेपाल प्रवेश गरेका नौ जनालाई बारा प्रहरीले पक्राउ गरि क्वारेन्टाइन ‘एकान्तबास’मा राखेको छ ।
जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १० सँग सिमा जोडिएको भारतको घोडासाहन नाकाबाट खेतको बाटो हुँदै नेपाल प्रवेश गर्दै गरेका उनीहरुलाई प्रहरीले दशगजा क्षेत्रबाटै नियन्त्रणमा लिएको हो ।
सप्तरीका मुस्लिम समुदायका उनीहरु आफ्नो धार्मीक कार्यक्रमका लागि ४० दिन अघि नै भारत गएको खुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
पक्राउ परेका सबै नौ जनालाई कलैया अस्पतालको क्वारेन्टाइनमा राखिएको छ । मिश्रका अनुसार उनीहरुसहित बाराका विभिन्न स्थानमा गरि ७३ जनालाई क्वरेन्टाइनमा राखिएको छ ।
यसअघि भारतमै धार्मीक कार्यक्रमका लागि गएर खेतको बाटो नेपाल प्रवेश गर्दै गरेका सप्तरीकै ११ जनालाई पक्राउ गरि बारा प्रहरीले वीरगञ्जको सिद्धार्थ माविस्थित क्वारेन्टाइन पठाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६, ११:२०