काठमाडौं । सरकारले लकडाउनको अवधि फेरि बढाउने तयारी गरेको छ । लगडाउन, स्वास्थ्यसामग्री खरिदमा भएको अनियमितताको आरोपलगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवटारमा जारी बैठकमा सरकारले दोस्रोपटक थपेको लकडाउनको अवधि बढाउने नबढाउनेमा निर्णय गर्नेछ ।
एक मन्त्रीका अनुसार लकडाउनको अवधि एक हप्ता बढाउने तयारी छ । दोस्रो पटक थपेको अवधि भोलि २५ गते सकिँदैछ। यसपटक कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सिफारिस गरेको छैन । बैठकमा गर्भनरको नियुक्तिका विषयमा पनि निर्णय गर्ने तयारी छ ।
अर्थमन्त्री डा युवराज खतिवडाको संयोजक रहेको समितिले नेपाल राष्ट्र ब्यांकको रिक्त गभर्नर पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ।
सिफारिस हुनेमा पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी तथा पूर्व अर्थसचिव राजन खनाल हुनुहुन्छ ।
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६, १५:४०