काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारमा खटिने निजी अस्पतालमा कार्यरत चिकित्सकलाई सरकारी सेवामा आउन सरकारले आश्वान गरेको छ। सरकारीमा आएर काम गरे सरकारी चिकित्सकसरह सेवा, सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले निजी अस्पतालका चिकित्सक कोरोनासम्बन्धी उपचारमा संलग्न हुन सरकारीमा आए उनीहरुको तह र सेवासुविधा सरकारी चिकित्सक सरह सरकारले दिने निर्णय गरेको प्रवक्ता रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो ।
यस्तै निजी अस्पतालमै रहेर कोरोनाको उपचारमा संलग्न चिकित्सकहरुको भत्ता पनि सरकारले ब्यहोर्ने भएको छ । बैठकले कोरोनाको महामारीको लागि खटिने स्वास्थ्य स्वयंसेविकाहरुलाई सरकारले १५०० भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ।
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६, १८:५०