पर्वत ।
पर्वतमा लकडाउन उलङ्घन गर्ने ११ जना पक्राउ परेका छन् ।
सरकारले आव्हान गरेको लकडाउनको बेला अनावश्यक कामले बजारमा डुलेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
सोमबार पर्वत प्रहरीले सदरमुकाम कुश्माबजार लगायत अग्ला झोलुंगेपुलहरुबाट लकडाउन उल्लघङन गर्ने युवाहरुलाई नियन्त्रणमा लिएको हो ।
छिमेकी जिल्ला बागलुङमा दुई जनामा कोरोना संक्रमण देखिएसँगै थप सजगता अपनाइएको पर्वतमा प्रहरीले समेत कार्बाही गर्न शुरु गरेको हो ।
सर्वसाधारणकै सुरक्षार्थ लकडाउन गरिएपनि पर्वतमा सर्वसाधारणबाटै पटकपटक उल्लङ्घन हुने गरेपछि एक्सनमा जान बाध्य भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक श्यामु अर्याालले बताउनुभयो ।
प्रहरीले ३ वटा मोटरसाइकल र ५ वटा अन्य चार पाङ्ग्रे सवारीसाधन पनि नियन्त्रणमा लिएको छ । खाद्य सामग्री ओसार्न पास लिएका सवारीले रक्सी समेत बोकेको पाइएकाले नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६, ०७:०२