बिहानै घाँटी खसखस भयो अनि निन्द्रा खल्बलियो । मनमा एकखालको सन्त्रास त आउने नै रै’छ ।
कतै मलाई पनि कोरोनाको सङ्क्रमण त भएन ? फेरि आफैँलाई सम्झाएँ, ‘कहाँ हुन्छ, त्यस्तो । मैले त सरकारले गरेको लकडाउनलाई पूर्ण रूपमा पालना गरेकी छु ।’
ओहो ! आज त लकडाउन अर्थात एकान्तबासको १५ औँ दिन ।
यो दिन पनि १४ वर्ष जस्तो पो हुने रहेछ । 'बिहान उठ्यो, खानापिना अनि दिउँसो सुत्यो, फेरि खानापिना अनि राति सुत्यो ।' भनेको जस्तो पो भयो दैनिकी ।
यसो सामाजिक सञ्जाल हेर्यो । कोरोनाको बारेमा अनेकथरिका विचारहरू । कतै कोरोनालाई मानिसहरू ठट्यौली गरिरहेका छन् त कोही झन् सन्त्रास फैलाइरहेको देख्छु ।
बिहान उठ्यो । टेलिभिन खोलेर समाचार हेर्दा लाग्छ, ‘कुनै चुनावको नतिजा हेरिरहेकी छु । कोरोना सङ्क्रमितको सङ्ख्या विश्वमा यति पुग्यो अनि मर्नेको सङ्ख्या यति ?’
उफ् ! आज विश्वले नै यो कस्तो नियति भोग्नु परिरहेछ ।
संसारका शक्तिशाली कहलिएका राष्ट्रहरूले पनि एउटा जाबो कोरोना नामक आँखाले नदेखिने भाइरसलाई मार्न सक्दा रहेनछन् ? आखिर नियतिको सामु कसैको केही नचल्ने रहेछ ।
सक्दा हुन त आज इटली, स्पेन तथा अमेरिका जस्ता राष्ट्रहरूले भाइरसलाई क्षणभरमै गोली ठोकेर खत्तम पार्ने थिएँ । यो समयमा कति मानिसहरू अडकलबाजिमै व्यस्त छन् ।
यानकि घरपिच्छे डाक्टर । यो खायो भने कोरोना लाग्दैन, यसो गर्यो भने लाग्दैन आदिआदि ।
खुल्ला सीमा नाका जोडिएको भारतमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै जानु भनेको नेपालका लागि खतराको सङ्केत हुने देखिन्छ । चिन्ता जस्तो, जे भए पनि यतिबेलाको पहिलो आवश्यकता भनेकै मानवीय जीवन रक्षा गर्नु हो ।
रेडियोमा समाचार सुन्यो, ‘सरकारले गरेको लकडाउन उल्लङ्घन गरेर कति पक्राउ परे रे !' ,ओहो उल्लङ्घन गर्नेहरु हो, यो समय सरकारले तिमीलाई घुम्नका लागि दिएको विदा कहाँ हो र ?
तिम्रै सुरक्षाको लागि सरकारले घरभित्र बस्न दिएको निर्देशन हो । ता कि तिम्रो कारणले अरु सङ्क्रमित नहोउन् र तिमी पनि सुरक्षित हुने छौ । देश शङ्कटमा परेको बेला सरकारले गरेको निर्णयको पूर्ण पालना गर्नु एउटा असल नागरिकको दायित्वभित्र पर्दछ ।
यो कस्तो मूर्खता । अहिले गल्ली, टोल, छिमेकमा लखरलखर के का लागि हिँड्नु ? देशमा शिक्षा, पर्यटन, व्यापार, व्यवसाय ठप्प जस्तै छ । दैनिक गुजारा गरेर खाने श्रमिकको रोजीरोटी खोसिएको छ ।
कतिको घरमा चुल्हो बल्न नसक्ने अवस्था छ । स्थिति भयावह बन्दै गएको छ । मैले यो लेखिरहँदा आजसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या जम्मा ९ पुगेको छ । धन्य हामी यो हिसाबले हामी भाग्मानी नै कहलिएका छौँ ।
यतिबेला भारतसँग भएको खुल्ला सीमा नाका हाम्रा लागि जगजगी बनेको छ । सरकारले गरेको दोस्रो चरणको लकडाउनलाई कतिपयले विरोधसमेत गर्न भ्याएका छन् । यसरी हेर्दा सरकारलाई पनि जे गरे पनि सुख छैन भन्ने स्थिति छ ।
अर्कोतिर निजी अस्पतालहरूले आफ्नो असली रूप देखाइसकेका छन् । अन्य उपचारका लागि गएका बिरामीलाई पनि अस्पतालबाटै फर्काएको दृश्य देख्दा र सुन्दा यस्तो लाग्यो, ‘मानिसहरूमा पेशाको मर्यादा त परैको कुरा, मानवीयतासमेत हराएछ ।’
सेतो पोसाक लगाएका ती डाक्टरहरूको मन कति कालो ? सङ्कटको बेला काम नलाग्ने ती अस्पताल र डाक्टरलाई केको सङ्ज्ञा दिनु ? उता खान नपाएकाहरूलाई राहत वितरण गरेर समाचार बन्नेहरूको चटक पनि अनौठो लाग्दो छ ।
असली दाताहरूलाई पनि यी चटकेहरूले बद्नाम गर्लान् जस्तो । सङ्कटको बेला सबैले असली रूप देखाउँदा रहेछन् । लकडाउनको अर्को राम्रो पक्ष भनौँ कि, के भनौँ रित्तिएको गाउँ अहिले भरिभराउ छ ।
आज अमेरिका जस्तो राष्ट्रले हेलचेक्राईँ गर्दा त्यहाँको स्थिति भयावह बन्दै गएको देखिन्छ । त्यो देखिरहँदा हाम्रो पनि स्थिति क्षणभरमै बिग्रन के बेर ? एउटा, दुईटा हुँदै ९ जनामा नेपालमा पनि सङ्क्रमण देखीसकेको छ ।
सहर पसेकादेखि विदेश गएका अधिकांश गाउ फर्केका छन् । अर्को जोखिम के भने विदेशबाट आएकाहरूले अलिकति बुद्दिमानी नअपनाउने हो भने गाउँ झन् असुरक्षित बन्ने देखिन्छ ।
बजारमा कालोबजारी उस्तै छ । नेपालमा लकडाउन सुरुहुनु अगावै कालोबजारीहरू मौलाए ।
कसैले मास्क, सेनिटाइजर त कसैले खाद्यान्नमा कालोबजारी गरेर करौडौँ कमाउने दाउमा लागे । बजारमा मास्क सेनिटाइजरसँगै ग्यासको अभाव सिर्जना गरियो ।
सङ्कटको बेला मानिस कसरी लुटमा संलग्न हुन्छ ? त्यो पनि अनुभव भयो । उता नेपालबाहिर हुने नेपालीहरूको पीडा उस्तै दर्दनाक छ । उनीहरू राज्यको उद्धारको पर्खाइमा छन् ।
यतिबेला देशको अर्थतन्त्र चौपट छ । शैक्षिक संस्था बन्द छन्, पर्यटन व्यवसाय ध्वस्त छ । यातायात ठप्प छ, उद्योगधन्दा चल्ने स्थिति छैन । मुलुक सङ्कटमा भएका बेला अनेक खालका आलोचना भए पनि राम्रा कामहरु पनि हुँदै गएका छन् ।
गाउँगाउँमा सम्भावित सङ्क्रमित बिरामीका लागि क्वारेन्टाइनको व्यवस्था, विभिन्न राहत प्याकेजको व्यवस्था लगायत उपचारका लागि चाहिने अन्य चिजहरूको व्यवस्था पनि हुँदै गएको छ ।
खुल्ला सीमा नाका जोडिएको भारतमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै जानु भनेको नेपालका लागि खतराको सङ्केत हुने देखिन्छ ।
चिन्ता जस्तो, जे भए पनि यतिबेलाको पहिलो आवश्यकता भनेकै मानवीय जीवन रक्षा गर्नु हो ।
१० वर्षे जनयुद्द, २०६२/६३ को जनआन्दोलन, २०७२ सालको भूकम्प भोगेका हामी यो कोभिड १९ लाई पनि पराजित गर्नेछौँ । त्यसका लागि सरकारको निर्देशन पूर्ण रूपमा पालना गरौँ । आफू बाचौँ र अरुलाई पनि बचाउँ ।
जीवन रहे न सबथोक रहन्छ । बिग्रिएका चिज बिस्तारै बन्दै जालान् । भनिन्छ नि! ‘बिहानी हुनका लागि रात पर्दछ ।’ तर जीवन क्षति रोक्नका लागि लकडाउनबाहेक विकल्प पनि त छैन ।
आज अमेरिका जस्तो राष्ट्रले हेलचेक्राईँ गर्दा त्यहाँको स्थिति भयावह बन्दै गएको देखिन्छ । त्यो देखिरहँदा हाम्रो पनि स्थिति क्षणभरमै बिग्रन के बेर ? एउटा, दुईटा हुँदै ९ जनामा नेपालमा पनि सङ्क्रमण देखीसकेको छ ।
भोलि हामीले हेलचक्राईँ गर्यौँ भने ती ९ को पछाडि शून्य थपिँदै जान नसक्ला भन्न सकिँदैन । लकडाउनको अर्थ तिमी जहाँ छौ, त्यहीँ बस ।
अत्यावश्यक कामबिना बाहिर ननिस्क । आज युरोपमा एकदुई हुँदै सङ्क्रमितको सङ्ख्या हजार, लाखमा पुगिसक्यो । हाम्रो त्यो स्थिति नआवस् भन्नका लागि लकडाउनको पालना गरौँ ।
तपाईँ एकबाट तपाईँको परिवार, परिवारबाट समाज र समाजबाट देश पूरै सङ्क्रमित हुन के बेर ?
अहिले राज्यलाई जो, जहाँ छौँ, त्यहीँबाट सहयोग गरौँ ।
१० वर्षे जनयुद्द, २०६२/६३ को जनआन्दोलन, २०७२ सालको भूकम्प भोगेका हामी यो कोभिड १९ लाई पनि पराजित गर्नेछौँ । त्यसका लागि सरकारको निर्देशन पूर्ण रूपमा पालना गरौँ । आफू बाचौँ र अरुलाई पनि बचाउँ ।
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६, १४:२०