सधैँजसो राष्ट्रिय राजनीतिको सरगर्मी बढ्ने देश छिमेकी मुलुक चीनको वुहानबाट उत्पत्ति भएको कोरोना भाइरस फैलिएर संसार आतङ्कित छ ।
निरपेक्ष गरिबीको रेखामुनि बाँच्न विवश मान्छेहरूलाई रात र दिन छुट्याउन गाह्रो भइरहेको छ । अन्नको मुख देख्न नपाएको धेरै दिन भइसक्यो । अझ कति दिन देख्न नपाइने हो, ठेगान छैन ।
थाहा छ मलाई, यसबेला तपाईँहरु असह्य पीडामा हुनुहुन्छ । भावविह्ल हुनुहुन्छ । विक्षिप्त हुनुहुन्छ । कतै मेरा यी शब्दहरूले तपाईँलाई चोट त थप्ने होइन ? डर लागिरहेको छ ।
मेरो उद्देश्य तपाईँलाई चोट थप्नु नभएर थोरै भए पनि चोटमा मलमपट्टी गर्नु हो ।
हामी राजनीतिक मात्रै होइन,आर्थिक, सामाजिक,सांस्कृतिक सबै हिसाबले सङ्क्रमणकालमा छौँ। सङ्क्रमणकाल समाजका लागि प्रसवकाल हो ।
प्रसव वेदना सहन निकै गाह्रो हुन्छ, तर सहनुको विकल्प पनि हुँदैन । वेदनापछिको अनुभूति सम्झनलायक हुन्छन् । जङ्गली युगमा मान्छे नाङ्गै बस्थे । पशुवत चेतना र जीवन थियो मान्छेको ।
आजजस्तो सामाजिक नियम, कानुन, मर्यादा, ढोङ्ग, बन्धन केही थिएन । साँच्चै निर्बन्ध थियो मान्छे । पशु जस्तै ।
अस्तित्वको सङ्घर्षले मान्छे आज विकसित युगमा आइपुगेको छ । सङ्घर्ष जारी छ र जारी रहने छ । अझ करोडौँ वर्ष पृथ्वीमा मानव अस्तित्व जारी रहने भविश्यवाणि गर्छन् वैज्ञानिकहरू ।
प्रकृति विरूद्धको सङ्घर्षमा मान्छेले उल्लेख्य सफलता प्राप्त गर्दै आएका छन् र भविष्यमा पनि हुँदै जाने निश्चित छ ।
पक्कै पनि व्यक्ति बन्धनमा बाँधिनु हुँदैन । व्यक्तिको सर्वोच्चतालाई सबैले सम्मान गर्नु पर्छ । तर स्वतन्त्रता प्रयोग गरिरहँदा समाजको मर्यादा र सीमालाई बिर्सनु हुँदैन ।
मान्छेका लागि पृथ्वी साँघुरो बन्दै गइरहेको छ । त्यसैले त अन्य विभिन्न ग्रहहरूमा मानव बस्ती बसाउने विकल्प खोज्दैछन् मान्छेहरू । कुनै दिन अवश्य सफलता प्राप्त हुनेछ मान्छेलाई ।
विश्वबन्धुत्वको भाव र मानवतावाद क्षीण हुँदै गइरहेको छ । सामाजिक सीमा र मर्यादा उलङ्घन हुने क्रम बढ्दो छ । संस्कृतिको नाममा विकृति मौलाउँदो छ ।
मान्छेले आफूलाई सामाजिक प्राणीको रूपमा भन्दा केवल एउटा स्वतन्त्र व्यक्तिको रूपमा जीउनमा आनान्दानुभूति गर्न थालेका छन् । व्यक्तिको
स्वतन्त्रता पक्कै सर्वोच्च हुनुपर्छ । तर, मान्छे सामाजिक प्राणी हुनाको नाताले उसको व्यक्तिगत स्वतन्त्रता, सामाजिक हित अधीनस्थ पनि हुनैपर्छ । नत्र मान्छे जङ्गली युगमा नै फर्कनेछ ।
व्यक्ति-व्यक्तिमा विश्वासको सङ्कट, घर-घरमा विग्रह, समाजमा मूल्यमान्यताको विघटन आजको नेपाली समाजको विशेषता बन्न पुगेको छ ।
देशको शैक्षिक तथ्याङ्क हेर्दा वर्षैपिच्छे साक्षर, शिक्षित र उच्च शिक्षा हाँसिल गर्नेहरूको सङ्ख्या बढेकै छ । सभ्यताको मापन शिक्षाबाट गरिन्छ भनिन्छ । तर समाजमा विकृति विसङ्गतिको ग्राफ दिनानुदिन बढिरहेको छ ।
हाम्रो संविधानले स्वास्थ्यलाई मानवअधिकारका रूपमा परिभाषित गरेको छ । बाँच्न पाउँनु मान्छेको नैसर्गिक अधिकार हो । तपाईँहरु जहाज चढेर ज्वरो जाँच्न बिदेश जाँदा त्यहाँका जनताले बाँच्न पाउनु पर्छ कि पर्दैन ?
पक्कै पनि व्यक्ति बन्धनमा बाँधिनु हुँदैन । व्यक्तिको सर्वोच्चतालाई सबैले सम्मान गर्नु पर्छ । तर स्वतन्त्रता प्रयोग गरिरहँदा समाजको मर्यादा र सीमालाई बिर्सनु हुँदैन ।
व्यक्तिसँग घर-परिवार, समाज, देश, संस्कृति, इज्जत र सम्मान सबै कुरा जोडिएको हुन्छ । सायद त्यसैले दार्शनिक रूसोले भनेका होलान्, ‘मानिस स्वतन्त्र जन्मन्छ तर ऊ सर्वत्र सिक्रीले बाँधिएको हुन्छ ।’
आज हामिले देखिरहेका छौँ । अरु देशका नागरिक स्वतन्त्र प्रेमी हुनाले त्यहाँको ह्रदयविदारक कहानी । तसर्थ, सामाजिक मर्यादा र सीमाभित्र रही व्यक्तिगत स्वतन्त्रता उपभोग गर्ने कि ।
जनता दायित्व पनि कि भोट बैँक मात्र
हाम्रो जीवनकालको सबभन्दा ठूलो विपत्ति र विनासकारी भूकम्पले मुलुक थिलथिलो भएर तङ्ग्रिदैँ गर्दा फेरी हामिले अर्को विपत्ति बेहर्नु परेको छ ।
सरकार कुम्भकर्ण निद्रामा सुतिरहने हुँदा चार वर्षसम्म पनि कछुवाको गतिमा अघि बढेका कारण राष्ट्रिय पुनर्निर्माण कार्य अहिलेसम्म सकिएको छैन् ।
नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ फैलिएर संसारभरिका नागरिक आतङ्कित छन् । दैनिक मजदुरी गरी बाँच्नेहरुलाई रात र दिन बिताउन गाह्रो भइरहेको छ ।
अहिले खाए भरे के खाने हो, अझ कति दिन अन्न देख्न नपाइने हो, ठेगान छैन ।
भविष्यका कर्णधार बालबालिकाको भविष्य अन्धकार छ । रोगी र वृद्धवृद्धाको अवस्था हेर्दा मनमा जतिपटक हेर्यो त्यतिपटक झन्झ्न मेरा आँखाका खोँचहरू आँसुले भरिएर आउँछन् । मनभित्र आँधी मात्र होइन, सुनामी नै चल्छ । गिदी उम्लिएर टाउको पड्कनै लागेको बम जस्तै हुन्छ ।
जतिजति सुन्दै जान्छु, पीडाहरु त्यतित्यती छातिभित्र ज्वालामुखी विस्फोट होला जस्तो हुँदै जान्छ। सारै उकुस मुकुस हुन्छ ।
कहिले शीतलहरले, कहिले भूकम्पले, कहिले आँधीहुरी त कहिल्य झाडापखालाले दिनदिनै ज्यान गुमाइरहेका ती गरिबीको रेखामुनि बाँच्न विवश चमार, डोम, दुसाध, गरिब दलितहरू यो देशका नागरिक हुन् कि होइनन् ?
आँधी र हुरीबाट प्रभावित भएर जिवनमरणको दोसाँधमा अल्झिएर औषधि उपचार नपाएर ज्यान गुमाइरहेका बारा र पर्साका ती दुखी गरीबहरू यस देशका मतदाता हुन् कि होइनन् ?
अब हामीलाई सस्तो सपना होइन, वास्तविक विपना चाहिएको छ । कृपया । राष्ट्रवाद, राष्ट्रघात, पुँजिवाद, समाजवाद, साम्यवाद विभिन्न वादका नाममा आरोप-प्रत्यारोप र झगडा गर्न बन्द गर्नुस् । सधैँ कुकुर - बिरालाको खेल खेलिरहन भोट दिएको होइन हामिले । रिसानी माफ होस् ।
यदि हुन् भने कम्तिमा हजुरहरू वातानुकुलित बङ्गलामा राज हुँदा उनीहरूले खान पाउनु पर्छ पर्दैन ?
हाम्रो संविधानले स्वास्थ्यलाई मानवअधिकारका रूपमा परिभाषित गरेको छ । बाँच्न पाउँनु मान्छेको नैसर्गिक अधिकार हो । तपाईँहरु जहाज चढेर ज्वरो जाँच्न बिदेश जाँदा त्यहाँका जनताले बाँच्न पाउनु पर्छ कि पर्दैन ? कि जनता तपाईँहरूको भोट बैँक मात्रै हुन् ?
बर्गीय हिसाबले पीँधमा परेकाहरू, जातीय हिसाबले दलितहरू यस अवस्थामा प्रताडीत छन् । तुलनात्मक रूपमा अत्यधिक गरिबी, बेरोजगारी, अभावग्रस्त, शोषित एवं उत्पीडित जीवन जीउन विवश ब्यक्ति खोजीखोजी उनीहरुलाई न्याय दिनु पर्दैन र ?
नागरिकबिनाको राज्य हुँदैन । एउटा नागरिकको लागि बाँच्न पाउँनु सबभन्दा ठूलो कुरा हो । पार्टीका नाममा जन्मजात काँग्रेस र कम्युनिस्टमा नागरिकलाई कित्ताबन्दी गर्न छाडिदिनुस् ।
अब हामीलाई सस्तो सपना होइन, वास्तविक विपना चाहिएको छ । कृपया । राष्ट्रवाद, राष्ट्रघात, पुँजिवाद, समाजवाद, साम्यवाद विभिन्न वादका नाममा आरोप-प्रत्यारोप र झगडा गर्न बन्द गर्नुस् । सधैँ कुकुर - बिरालाको खेल खेलिरहन भोट दिएको होइन हामिले । रिसानी माफ होस् ।
सके आफ्नै दलभित्रबाट, नसके दल बाहिरबाट, त्यतिले पनि नसके देश बाहिरबाट सरकार बनेको दिनबाट सरकार ढलाउन षडयन्त्र सुरु हुने देश हो नेपाल ।
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६