काठमाडौँ । सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले कोरोना भाइरसको संक्रमणपछि परेको सामाजिक, आर्थिक समस्याहरूका विषयमा राष्ट्रिय सर्वेक्षण गर्ने भएको छ ।
सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) अन्तर्गत सञ्चालनमा रहेको सीआईएनले कोराना भाइरसको संक्रमण नियन्त्रणका लागि भएको बन्दाबन्दी र त्यसले पारेको प्रभावका विषयमा सर्वेक्षण गर्न लागेको हो ।
विभिन्न चारवटा क्षेत्रगत समस्यालाई विभाजन गरेर दुईमिनेटमा नै भर्न मिल्नेगरिको प्रश्नावली तयार पारिएको छ । खाद्य भण्डारण र परिवारमा पारेको प्रभाव, दैनीकी चलाउन परेको कठिनाइ, स्वास्थ्य समस्या जस्ता विषय राखेर प्रश्नावली तयार पारेको छ ।
खाद्यान्न, पिउने पानी, फोहोर व्यवस्थापन, खाना पकाउने ग्यास, घरबास, खर्च, घरेलु हिंसा, मानसिक स्वास्थ्य, हेरचाह भार, सुरक्षा, भेदभाव औषधिको अभाव जस्ता नागरिकलाई परेको समस्या एकीकृत गरेर समाधानको प्रयास गर्न सर्वेक्षण गर्न लागिएको हो ।
सर्वेक्षणमा ‘तपाईंलाई कस्तो प्रकारको सामाजिक आर्थिक सहयोगको आवश्यकता छ?’ भनेर लेख्न अनुरोध गरिएको छ ।
सर्बेक्षणका क्रममा हरेक दिन आउने समस्यालाई सम्बन्धित निकायमा सहजिकरण गरिने छ ।
सर्बेक्षणमा आउने नागरिकका समस्यालाई विशिष्टिकृत गरेर विवरण तयार गरिने र विषय अनुसार तीनै तहका सरकारसँग सहजिकरणका लागि पहल गरिनेछ ।
कोभिड १९ का कारणले नेपालमा मानिसहरूले सामना गरिरहेका सामाजिक, आर्थिक समस्याहरू बुझन सर्वेक्षण सहज हुने विश्वास गरिएको छ ।
फारम भर्नका लागि तलको लिङ्कमा जानुहोस्ः
https://docs.google.com/forms/d/e/1FAIpQLSfW2RBXc9TBauC0BouZG-D5bi92nPOOfn3CRmCcLtZC3dguTQ/viewform
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६, ०९:३९