कैलाली । द्रुत परिक्षणको क्रममा लम्की चुहा नगरपालिका वडा नम्बर १ कैलाली एक जना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उनी ६५ बर्षका महिला भएको र प्रारम्भिक परिक्षणमा संक्रमण देखिएको लम्कीचुहा अस्पतालका एकजना डाक्टरले बताए ।
उनका अनुसार, पुनः परिक्षण गरेर मात्रै पुष्टि गरिने छ । त्यसका लागि स्वाब (खकार र थुकको नमुना) काठमाडौं पठाईने छ । अनि मात्रै थप बताउन सकिने अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७, ११:१५