काडमाडौँ । सरकारले लकडाउनको समयावधि तेस्रो पटक थपेको छ ।
आज करिब ४ घण्टासम्म बसेको मन्त्रिपरिषद्को बैठकले १२ दिन थपेर यही वैशाख १५ सम्म लकडाउन कायमै राख्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकले हवाइ उडानमा लगाइएको रोक वैशाख १८ सम्म कायम गर्ने निर्णय पनि गरेको मन्त्री खतिवडाले बताउनुभयो ।
आजको बैठकमा नोबेल कोरोना भाइरसको रोकथामका लागि भइरहेका प्रयासका बारेमा मन्त्रीहरुले आआफ्नो धारणा राखेका थिए भने विषयगत समूहबाट भइरहेका कामकारबाहीको बारेमा कोभिड १९ नियन्त्र तथा उच्चस्तरीय समितिका संयोजक एवं उपप्रधान मन्त्री ईश्वर पोखरेलले संक्षिप्त जानकारी गराउनुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७, १५:२०