दार्चुला । महाकालीपारि धारचुलाको विभिन्न क्वारेन्टाइनमा दुई सातादेखि कष्टपूर्ण दैनिकी बिताइरहेका १ हजार ६१ नेपालीलाई दार्चुला ल्याउन पहल सुरु भएको छ ।
जिल्ला कोरोना भाइरस व्यवस्थापन समितिको बैठकले खलङ्गामा एक हजारभन्दा बढी नेपाली राख्न सकिने वा नसकिने विषयमा अध्यय गर्न सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिलाई निर्देशन दिएको छ ।
अहिले धारचुलामा दार्चुलाका २ सय २६ जना, बैतडीका ४ सय २२ जना, बझाङका २ सय ७१ जना, कैलालीका ६९ जना छन् ।
डडेल्धुराका २३ जना, अछामका १८ जना, कञ्चनपुरका ११ जना, डोटीका १ जना, सुर्खेतका १५ जना, जाजरकोटका ३ र दैलेखका २ जना नेपाली पनि धारचुलाका बिभिन्न क्वारेन्टाइनमा छन् ।
सीमामा रोकिएका सबैलाई खलंगामा राख्न सकिने सम्भाबना न्यून भएकोले धारचुलाबाट उद्धार गरेर सम्बन्धित जिल्लामा पठाउन केन्द्रिय कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र छाउनी काठमान्डौलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७