काठमाडौँ । नोबेल कोरोना भाइरसका विरुद्ध लड्नका लागि राष्ट्रपतिको कार्यालयले सरकारलाई ९ करोड रुपैयाँ फिर्ता गरेको छ ।
चालु आर्थिक वर्ष २०७६/७७ का लागि विभिन्न शीर्षकमा विनियोजन गरिएको मध्येबाट ९ करोड ५० लाख सरकारलाई फिर्ता गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरले बताउनुभयो ।
प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्ति अनुसार उक्त रकम सरकारको सञ्चित कोषमा जम्माहुने व्यवस्था गरिएको छ ।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिः
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७, १७:४९