काठमाडौँ । नेपालमा आज मात्रै १४ जनामा नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ को सङ्क्रमण देखिएको छ । उदयपुरमा १२ जना र चितवनमा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उदयपुरमा रहेका १२ जनामध्ये केही भारतीय भएको बुझिएको छ ।
उदयपुर जिल्लामा भेटिएका कोभिड १९ का सङ्क्रमित सबै पुरुष हुन् । उनीहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ ।
चितवनमा कोरोना पुष्टि भएका दुईजनामा एक २७ वर्षका छोरा र अर्का ६३ वर्षका आमा रहेका छन् । आमाछोरा दुवै गत चैत ५ गते लन्डनबाट नेपाल आएका थिए ।
उनीहरु चितवनको राप्ती नगरपालिका ८ का बासिन्दा हुन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ ।
स्वास्थ्य मन्त्रालय प्रवक्ता डाक्टर विकास देवकोटाले भने कोरोना सङ्क्रमितहरूको पछिल्लो पुष्टि भएका घटनाको बारेमा आफूसम्म अझैँ जानकारी नआएको सीआईएनसँग बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७, १९:३२