हामी त्रिभुवन विश्वविध्यालयले सञ्चालन गर्ने ‘नन्डिष्ट्रक्टिभ टेष्टिङ्ग’ विषयको तालिमका लागि मनोनयनमा परेपछि अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीको छात्रवृत्तिमा मलेसियामा छौँ ।
मलेसियन न्यूक्लियर एजेन्सिको तालिम केन्द्र बाङ्गी, सेलेङ्गरमा १० फेब्रुअरी २०२० मा हामी आएका थियौँ ।
नेपालबाट यहाँ आउँदा नोबेल कोरोनाको सङ्क्रमितहरू २०(२२ जना जति थिए । पहिलो सङ्क्रमित चीनबाट आएका व्यक्तिमा देखिएपछी अन्य नागरिक यसको लक्षण देखिएमा अस्पताल जाने, परीक्षण गर्ने र सङ्क्रमण देखिएमा वा शङ्का लागेमा होम क्वारेन्टाइन अर्थात एकान्तबासमा रहने वा अस्पतालमा भर्ना हुने गरिएको रहेछ ।
दैनिकी सहज रूपमा चलिरहँदा हामीहरू पनि सप्ताहन्तमा ढुक्कसित घुमफिर गरियो ।
राजधानी क्वालालाम्पुरको भीडभाड, व्यस्ता, मेट्रो तथा बसहरू, सडक तथा राजमार्गहरूमा तथा अन्य पर्यटकीयस्थलहरू, पोर्टडिक्सन, लाइटहाउस, आर्मी म्युजियम,मालाका (पोर्चुगलले बनाएको कोलोनी, जहाँ अहिले पनि पोर्चुगिसहरू छन ।) मा मानिसहरूको चहलपहलले देखाउँथ्यो, ‘यहाँ कोरोनाको कहर छैन ।’ बरु हामी चिनिया मुलका अनुहार देख्दा भने झसङ्ग हुन्थ्यौँ । जहाजमा काठमाण्डौँमा चढेपछि पनि यस्तै महसुस भएको थियो ।
सङ्क्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ गरी आमरूपमा परीक्षणको दायरा बढाएर दैनिक १२ सयको परीक्षण गरी सङ्क्रमितको पहिचान गर्दै क्लष्टर छुट्याएर सबै क्षेत्र बन्द गरी उपचार तथा परीक्षणलाई तीव्रता दिइएको छ ।
किन कि मेरो सिट अगाडि, पछाडि र छेउमा चिनियामूलका यात्रीहरू थिए । १ महिनाको तालिमको दौरानमा सङ्क्रमितहरूको सङ्ख्या करिब १ सय ५० को हाराहारीमा पुगेको बेला १६ मार्च २०२० मा मलेसियाका प्रधानमन्त्रीबाट देशबासीका नाममा सम्वोधन भयो र २ हप्ता लकडाउनको घोषणा गरियो, जसको लागु भने १८ मार्चबाट हुने भयो ।
दुई दिनको समय आआफ्ना गन्तब्यमा जानको लागि दिइयो मलेसयिामा रहेका स्वदेशी तथा बिदेशीहरूलाई । हाम्रो तालिम नसकिएको हुँदा यहीँ बस्नु पर्याे हामीहरूलाई ।
मलेसयिा मुस्लिम धर्मालम्बीहरूको बाहुल्य रहेको देश भएकाले एउटा ठूलो धार्मिक सम्मेलन भएको रहेछ, फेबु्रअरीको अन्तिम हप्तातिर ।
उक्त धार्मिक सम्मेलनमा करिव १६ हजार मलेसियनहरू तथा अन्य देश सिङ्गापुर, ईन्डोनेसिया, थाईल्याण्ड लगायत मुलुकबाट पनि सहभागी भएका रहेछन् । उक्त सभामा सहभागी मध्येमा कोरोना सङ्क्रमण देखिएपछि सरकारले यो कदम चालेको रहेछ र सङ्क्रमित हुनेको सङ्ख्या ह्वात्तै बढेको रहेछ भने मृत्यु हुनेको सङ्ख्या पनि बढ्न थाल्यो ।
लकडाउनको घोषणा भएपछि सबै सरकारी कार्यालय, विश्वविद्यालय, स्कूल, कलेज, कलकारखाना, बजार, व्यापारिकस्थल, पर्यटकीयस्थल, मानिसको डिड्डुलस्थल, जल, हवाई यातायात सबै बन्द गरिएको छ ।
मलेसियाबाहिर रहेका मलेसियन नागरिकलाई मात्र देशमा फर्कन दिइएको छ, उडान वा अरु साधनबाट । तर उनीहरूलाई द्रुत स्वास्थ्य परीक्षण गरी अनिवार्य क्वारेन्टाइनमा बसेर मात्र घरमा जाने अनुमति दिइएको छ ।
तर अत्यावश्यक सेवाहरूचाहिँ सुरक्षित सामाजिक दुरी कायम गरी व्यक्तिगत सुरक्षाको व्यवस्थापनका साथ सुचारु रहेका छन । प्रहरी, सेनाको गस्ती तथा सुरक्षा जाँच एकदमै कडा बनाइएको छ ।
सङ्क्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ गरी आमरूपमा परीक्षणको दायरा बढाएर दैनिक १२ सयको परीक्षण गरी सङ्क्रमितको पहिचान गर्दै क्लष्टर छुट्याएर सबै क्षेत्र बन्द गरी उपचार तथा परीक्षणलाई तीव्रता दिइएको छ ।
क्वारेन्टाइन र आइसोलेसनस्थलहरू निर्धारण गरिएको छ । ३ तथा ५ तारे होटलहरूसमेत छन् यसमा उपचारस्थलहरू क्षेत्रगत रूपमा निश्चित गरिएको छ ।
लकडाउन उल्लङ्घन गर्नेहरूलाई कारण सोधेर १ हजार मलेसियन रिङ्गेट र ६ महिना कैद वा दुबै सजायको व्यवस्था कार्यान्वयन गरिएको टेलिभिजनमार्फत सार्वजनिक भएका खबरमा उल्लेख गरिएको छ ।
आधिकारिक पदाधिकारिबाट मात्र सूचना सम्प्रेषण गर्ने परिपाटी पनि यहाँ प्रभावकारी छ । सञ्चारमाध्यममा आधिकारिक जानकारी मात्र प्रसारण हुन्छन् र मोवाईल सेवा प्रदायकले पनि एसएमएसमार्फत प्रयोगकर्तालाई उक्त आधिकारिक सूचना प्रवाह गर्छन् । पत्रकार आचारसंहिताको पूर्णपालना गरिएको छ ।
३१ मार्च सम्मको सङ्क्रमणको तथ्याङ्क विश्लेषण गरी यसको प्रभावकारिताको प्रक्षेपण गर्दै लकडाउन थप २ हप्ता बढाइ १४ अप्रिल २०२० सम्म बढाइयो । यसबीचमा सङ्क्रमितको सङ्ख्यामा बढ्दो दैनिक दर बिस्तारै कम हुन थालेको तथ्याङ्क आउन थाल्यो ।
सङ्क्रमितको सङ्ख्या उल्लेख्य नबढेको अवस्थालाई आधार मानेर २ हप्ता थप लकडाउनको अवधि बढाइएको छ २८ अप्रिल २०२० सम्म । यो अवधिका दिनमा सङ्क्रमितको दैनिक दर घट्दै १ सय जनाभन्दा कम हुन आएको छ ।
यद्यपी मृतक सङ्ख्या भने थपिदै गएको देखिन्छ तर धेरै होइन, एकदुई वा यस्तै दैनिक रूपमा, किन कि आजसम्म मृतक सङ्ख्या १०० जना पनि पुगेको छैन मलेसियामा ।
यही आधारमा अत्यावश्यक कामको लागि ट्याक्सीमा २ जनासम्म र निजी कारमा १ जनासम्म बाहिर निस्कन, रेष्टुरेण्टहरू ८ देखि ८ र पेट्रोलपम्पहरू खोल्न दिइएको छ ।
दैनिक उपभोग्य सामग्री किनबेचका लागि पसलहरू जस्तैः खाद्यान्न, औषधि, तरकारी, किराना पसलहरूचाहिँ सुरुदेखि नै खुला रहेका छन् । राज्यका सामाजिक कल्याण ईकाइमार्फत तर तापक्रम नापेर, सेनिटाईजर, मास्क लगाएर अनि दुरी कायम गरी पसलमा जान दिइएको छ ।
मलेसियाबाहिर रहेका मलेसियन नागरिकलाई मात्र देशमा फर्कन दिइएको छ, उडान वा अरु साधनबाट । तर उनीहरूलाई द्रुत स्वास्थ्य परीक्षण गरी अनिवार्य क्वारेन्टाइनमा बसेर मात्र घरमा जाने अनुमति दिइएको छ ।
बस्तिहरु, जस्तैः कोलोनी, अपार्टमेण्टमा कुनै परिवारमा बिसन्चो भएमा खबर गरी अस्पतालमा जानकारी गराउने र अस्पतालले परिवारका सबैजनालाई लगेर स्वास्थ्य परीक्षण गरी सङ्क्रमणको अवस्था अनुसार क्वारेण्टाइन, आइसोलेसन वा घर पठाउने प्रणालीको विकास गरिएको छ ।
सङ्क्रमित हिडेको, बसेको ठाउलाई डिसईन्फेक्शन गरिएको छ, कन्ट्याक्ट ट्रेसिङ र परीक्षण जारी राखिएको छ ।
यसरी सङ्क्रमितको सङ्ख्या उल्लेख्य नबढेको अवस्थालाई आधार मानेर २ हप्ता थप लकडाउनको अवधि बढाइएको छ २८ अप्रिल २०२० सम्म । यो अवधिका दिनमा सङ्क्रमितको दैनिक दर घट्दै १ सय जनाभन्दा कम हुन आएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७, २०:३०