चाणक्यले उही बेला भनेका थिए ‘जब शत्रु अदृश्य हुन्छ, तब आफू लुक्नु नै उपयुक्त हुन्छ ।’ नोबेल कोरोना भाइरसको महामारीले विश्वलाई अहिले यस्तै अवस्थामा ल्याइदिएको छ । शत्रु अदृश्य छ, हामी घरभित्र (लक डाउनमा) लुकेर बसेका छौँ ।
यही अदृश्य शत्रुको महामारीबाट आफ्नो राज्यमा निकट भविष्यमा आइपर्ने वित्तिय सङ्कटको सम्भाव्य अवस्थाबाट विक्षिप्त जर्मनीको हेसे प्रान्तका अर्थमन्त्रीले आत्महत्या गरेको खबर अन्तराष्ट्रिय सञ्चारमाध्यममा आए ।
मानव जातिकै ठूलो शत्रुका रुपमा अगाडि आइरहेको यस अदृश्य शत्रुले शैक्षिक, सामाजिक, आर्थिकलगायतका अनेकन क्षेत्रमा अमेरिकी दार्शनिक थोमस कुहनले भने जस्तो नयाँ कोर्षको सुरुवात गरेर जानेछ ।
विश्व आर्थिक मन्दी
सन् २०१९ को डिसेम्बर महिनामा चीनको हुवेई प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको सङक्रमण डढेलो जस्तै गरी विश्वभर फैलिएको छ ।
यो भाइरसले गर्दा भएको लकडाउन अर्थात बन्दाबन्दीका कारण सन् १९३० को दशकमा भएको बृहत आर्थिक मन्दी दोहरिने सङ्केतको आँकलन अर्थशास्त्रीहरूले गरेका छन् । यस सम्बन्धमा विश्व शताब्दीको सबभन्दा ठूलो र भयानक आर्थिक मन्दीको बारेमा सामान्य जानकारी लिन उपयुक्त हुन्छ ।
राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले कोरोना भाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछि कै ठूलो चुनौती भनेका छन् ।
यति बेलासम्म विश्वभर कोरोनाको सङ्क्रमणबाट एक लाख ६० हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने २३ लाखभन्दा बढी मानिसमा सङ्क्रमणको पुष्टि भइसकेको छ ।
सङ्क्रमण फैलदैँ जाँदा कोरोना भाइरस सङ्क्रमणको सुरुवात भएको राष्ट्र चीनभन्दा अन्य देसहरुमा सङ्क्रमित र मृतकको सङ्ख्या बढिरहेको छ । २ सय १० राष्ट्रहरूमा कोरोनाको सङ्क्रमण फैलिइसकेको छ ।
अमेरिकामा हालसम्म ७ लाखभन्दा बढी मानिसहरुमा सङ्क्रमण देखिएको छ भने ३९ हजारभन्दा बढी मानिसहरूले कोरोना कै कारण ज्यान गुमाइसकेका छन् । स्पेनमा पनि २० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाइसकेका छन् ।
इटालीमा २३ हजारभन्दा बढीले मानिसले ज्यान गुमाएका छन् भने एक लाख ७५ हजारभन्दा बढी मानिसहरूमा सङ्क्रमण देखिएको छ । नेपालमा यो आलेख तयार पार्दासम्म ३१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । तीमध्ये ३ जना निको भएर घर फर्किएका छन् ।
पर्याप्त नमूना जाँच हुन नसक्दा नेपालमा यसको सङ्क्रमण कति मानिसमा फैलिएको छ, भन्न सक्ने अवस्था छैन । सङ्क्रमण फैलन नदिन अन्य उपायसँगै बढीभन्दा बढी नमूना जाँच हुनुपर्ने विज्ञहरूको सुझाव छ ।
यो भाइरसले गर्दा भएको लकडाउन अर्थात बन्दाबन्दीका कारण सन् १९३० को दशकमा भएको बृहत आर्थिक मन्दी दोहरिने सङ्केतको आँकलन अर्थशास्त्रीहरूले गरेका छन् । यस सम्बन्धमा विश्व शताब्दीको सबभन्दा ठूलो र भयानक आर्थिक मन्दीको बारेमा सामान्य जानकारी लिन उपयुक्त हुन्छ ।
सन् १९३० को बृहत आर्थिक मन्दी र यसको प्रभाव
सन् १९२९ देखि नै अमेरिकाबाट सुरु भएको आर्थिक मन्दीले युरोप, अमेरिकालगायतका देशहरूमा भयावह स्थिति आउन सुरु भयो । यो बीसौँ शताब्दीको सबभन्दा लामो, अत्यधिक असर पुर्याएको आर्थिक मन्दी मानिएको छ ।
विश्व अर्थतन्त्र कसरी बृहत रूपमा ह्रास हुन सक्छ भन्ने उदाहरणको रूपमा यसलाई लिइएको छ । अमेरिकामा मुख्य वित्तिय संस्थाहरू एवम उद्योगहरूको शेयर बजार मूल्य ४ सेप्टेम्बर १९२९ देखि घट्न सुरु गरेपछि विश्वयापी रुपमा नै कुल गार्स्थ उत्पादन करिब १ सय ५५ ले घट्न गयो । यो मन्दीको असर द्वितीय विश्वयुद्घको सुरु (सन् १९३९) हुने बेलासम्म रहन गयो ।
सन् १९३० को दशकको बृहत आर्थिक मन्दीपछि हालसम्म पनि त्यस्तो अवस्था देखापरेको छैन । यो कोरोना भाइरसको फैलँदो सङ्क्रमणका कारण भएको विश्वव्यापी बन्द लम्बिएको खण्डमा पुनः त्यस्तै अवस्था पुनः आउन सक्ने सम्भावनालाई नर्कान सकिँदैन ।
भारी उद्योगहरू जस्तै स्पात, गाडी, मेशिनरी, औजारहरू उत्पादन गर्ने कम्पनीहरूलाई मन्दीको ठूलो मार पुग्न गयो । ग्रामीण भेगको आम्दानी पनि निकै धेरै घट्यो । प्राथमिक क्षेत्र जस्तै कृषि, खानी, वनजन्य उत्पादन गर्ने उद्योगमा पनि मन्दीको गम्भीर प्रभाव पर्यो ।
युरोपमा यसको असर व्यापक हुँदै जाँदा जर्मन नेता हिटलरले उग्रराष्ट्रवादको नारा दिन थाले । फलस्वरूप यिनले सन् १९३३ को आम चुनावमा बहुमत ल्याएर सत्तामा आए । जनताबाट चुनिएर सत्तामा आए । तर उनले तानाशाहा प्रवृति देखाउन थाले ।
यिनले युरोपमा रहेका यहुदीहरूलाई सखाप पार्न जातीय सफायाको नीति लिए । प्रथम विश्व युद्घमा हिटलर जर्मन सेनामा साधारण सैनिक थिए । युद्घमा जर्मनी हारेपछि फ्रान्सको भर्सेली दरवारमा सन्धी गरियो, जसलाई पेरिस शान्ति सन्धी वा भर्सेली सन्धी भनिन्छ । यो सन्धी अनुसार जितेका राष्ट्रहरूलाई युद्घमा लागेको ऋण जर्मनीले तिर्नुपर्ने, जर्मनीले आफ्नो केही भूभागसमेत गुमाउनु पर्ने आदि प्रावधानले हिटलरको मनमा आगो बलेको थियो ।
उनले पुनः युद्घ लडेर जर्मनीको पहिलाको साख पुनः कायम राख्ने भन्दै उग्रराष्ट्रवादको नारा दिएर सन् १९३३ मा चुनाव जितेर उनको नाजी पार्टीले सरकार बनाएको थियो ।
तत्कालीन प्रख्यात बृटिश अर्थशास्त्री किन्सले यो मन्दीको कारण बारे गहिरो अध्ययन सुरु गरे । फलस्वरुप सन् १९३६ मा यिनले (ब्याज, नाफा र रोजगारको साधारण सिद्धान्त) नामक किताब लेखे । यो किताबलाई छोटकरीमा ‘जनरल थ्योरी’ को नामले चिनिन्छ ।
अर्थशास्त्रीहरूका अनुसार आर्थिक मन्दी र मुद्रास्फीति सँगै आउने अवस्था सन् १९२३ को दशकको बृहत मन्दीमा पहिलोपल्ट देखापर्न गयो । यो अवस्थामा मुद्रास्फीति दर अत्यधिक हुने, आर्थिक वृद्धिदर घट्दै जाने र बेरोजगारको स्थिति भयावह हुन जान्छ ।
सन् १९३० को दशकको बृहत आर्थिक मन्दीपछि हालसम्म पनि त्यस्तो अवस्था देखापरेको छैन । यो कोरोना भाइरसको फैलँदो सङ्क्रमणका कारण भएको विश्वव्यापी बन्द लम्बिएको खण्डमा पुनः त्यस्तै अवस्था पुनः आउन सक्ने सम्भावनालाई नर्कान सकिँदैन ।
संयुक्त राष्ट्र सङ्घले कारोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्रको करिब दस खर्ब रुपैयाँ बराबरको नोक्सानी हुने र करिब दुई करोड पचास लाखले आफ्नो रोजगारी गुमाउने प्रक्षेपण गरेको छ ।
तत्कालीन समाजवादी देश सोभियत सङ्घले शासक स्टालीनको नेतृत्वमा सन् १९२८ मा योजनावद्घ विकासका अवधारण ल्यायो । हवाइजहाजदेखि सियोसम्म हरेक वस्तु कतिवटा बनाउने भनेर क्रियाकलाप अनुसार योजना बनाइयो ।
फलस्वरुप त्यहाँ यो आर्थिक मन्दीको केही पनि प्रभाव देखिएन । यी लगायत यस मन्दीको गहन अध्ययन पश्चात यस प्रकारको मन्दीको असरबाट भविष्यमा बच्नको लागि किन्सले केही सुझावहरू समेत दिए ।
मिश्रित अर्थशास्त्र
पश्चिम युरोप र अमेरिका जस्ता पुँजीवादी अर्थतन्त्र भएको देशहरूमा निजी क्षेत्रले मात्र वस्तु तथा सेवा उत्पादन गर्ने गर्दथे ।
यसको विपरित सोभियत सङ्घ जस्तो समाजवादी अर्थतन्त्र भएको देशले सरकारले खडा गरेको सार्वजनिक संस्थानमार्फत जनतालाई वस्तु तथा सेवा उपलब्ध गराउन थाल्यो । नाफा हुने अवस्थामा मात्र निजी क्षेत्रले वस्तु तथा सेवाहरू उत्पादन गर्ने तर घाटा हुने अवस्था देखिएको खण्डमा वस्तु तथा सेवाहरू उत्पादन गर्दैनन् ।
वस्तु तथा सेवाहरू उत्पादन नहुने हुँदा व्यापक बेरोजगार र मन्दी हुन जाने हुन्थ्यो । तसर्थ किन्सले अति पुँजीवाद पनि मन्दीको कारण रहेको औँल्याएर समाजवादी अर्थतन्त्र र पुँजीवादी अर्थतन्त्र दुवैको चरित्रलाई संयोजन गरी मिश्रित अर्थतन्त्रको अवधारणा अवलम्वन उपयुक्त हुने तर्क प्रस्तुत गरे ।
किन्सको पुस्तक बजारमा आएपछि मात्र युरोप र अमेरिकामा सरकारले वस्तु तथा सेवा उत्पादन गर्ने सार्वजनिक संस्थानहरू खोल्न सुरु गर्यो ।
नेपाल, भारत जस्ता देशहरूले समेत मिश्रित अर्थतन्त्रको अवधारणा लागु उपयुक्त ठाने ।
नेपालमा प्रधानमन्त्री जुद्घ शमशेर राणाले पश्चिमी जगतमा आर्थिक मन्दी चलिरहेको सन् १९३० को दशकमा विराटनगरमा जुटमिल, वीरगञ्जमा सलाइ, चुरोट, साबुन आदी उद्योग एवम् काठमाडौँमा बैँक (नेपाल बैंक लिमिटेड) धनुषा जिल्लामा नेपाल जनकपुर – जयनगर रेलवे जस्ता सार्वजनिक संस्थानहरू स्थापना गरे ।
बन्दाबन्दी लम्बिदै गएमा एवम भविष्यमा फेरि पनि योलगायत अन्य कीटाणुको सङ्क्रमणले महामारीको रूप लिन सक्ने सम्भावनालाई नकार्न नसकिने हुँदा २०२५ साल (सन् १९६८) मा पञ्चायत कालका प्रभावशाली नेता विश्ववन्धु थापा, कमलराज रेग्मी, खड्गबहादुरको प्रयासमा तत्कालीन सरकारले जारी गरेको “गाउँ फर्क राष्ट्रिय अभियान” लाई पुनः स्मरण गराएको छ ।
विपी कोइरालाको १७ महिने सरकारले वन पैदावार प्रशोधन गर्नको लागि हेटौँडा मुख्यालय रहने गरी अमेरिकी सहयोगमा TCN (The Timber Corporation of Nepal limited), विकास निर्माणको कार्य गर्नको लागि ठेकदार कम्पनी NCCN (National Construction Company Limited), इजरेल सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा यस्ता सार्वजनिक संस्थानहरू स्थापना भए ।
पछि राजा महेन्द्रले १९६० डिसेम्बर १५ मा सत्ता हातमा लिएपछि विभिन्न उत्पादनमूलक, व्यापारमूलक, सेवामूलक आदी सार्वजनिक संस्थानहरू खुल्ने लहर नै चल्यो ।
घाटा बजेट निर्माणको अवधारणा
पुँजीवादी अर्थतन्त्र भएको पश्चिमी देशहरूमा नाफा भएमा मात्र निजी क्षेत्रले वस्तु उत्पादन गर्ने हुँदा सरकारले ऋण गरेर घाटाको बजेट बनाए पनि भौतिक पूर्वाधारहरू जस्तै सडक, सहर, भवन, आदि निर्माण गरी जनतालाई रोजगारको अवसर दिनुपर्ने सुझाव किन्सले दिए ।
फलस्वरूप अमेरिका, युरोप आदि देशहरूमा त्यसपछिका मन्दीहरूमा अन्य मेसिनहरू जस्तैः कार बनाउने उद्योगलाई असर परे पनि विकास निर्माण कार्यमा प्रयोग हुने भारी उपकरणहरू जस्तैः बुल्डोजर, लोडर, ग्रेडर, क्रेन आदि निर्माण गर्ने उद्योगमा असर परेन ।
कोरोना र विश्वको अर्थतन्त्र
संयुक्त राष्ट्र सङ्घले कारोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्रको करिब दस खर्ब रुपैयाँ बराबरको नोक्सानी हुने र करिब दुई करोड पचास लाखले आफ्नो रोजगारी गुमाउने प्रक्षेपण गरेको छ ।
सन् २००८र९ को जस्तो अन्तर्राष्ट्रिय रूपमै नीतिगत समन्वय भयो भने रोजगारी गुमाउनेको सङ्ख्यामा केही कमि भने आउनेछ भन्ने जानकारी पनि संयुक्त राष्ट्र सङ्घले जानकारी गराएको छ ।
विश्व बैँकले पनि पूर्वी एसियामा कोरोना भाइरसका कारण एक करोड दस लाखभन्दा धेरै गरिबीको रेखामुनि धकेलिने चेतावनी दिइसकेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले भने एसियाको आर्थिक वृद्धिदर ६० वर्ष यताकै सबै भन्दा कम पहिलोपल्ट शून्यमा आउने प्रक्षेपण गरेको छ ।
पूरै विश्वको नै अर्थव्यवस्थालाई चुनौती दिँदै अगाडि रहेको कोभिड ( १९ को नकारात्मक प्रभावले नेपाललाई पनि निकै असर गर्नेछ । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतसम्म रहने एसियाली विकास बैँकले प्रक्षेपण गरेको छ । आगामी वर्ष पनि हाम्रो आर्थिक वृद्धिदर ६.४ प्रतिशत मात्रै रहने एडीबीले बताएको छ ।
अहिले तत्कालै मकैको सिजन भएकाले मकै केन्द्रित भएर यसको वृहत उत्पादनमा लागौँ । भारतले चामलको निर्यात बन्द गरिसकेको स्थिति र लक डाउन लम्बिने स्थितिलाई हेरेर मकै उत्पादनमा व्यापक रूपमा अगाडि बढौँ । कृषि मन्त्रीले सार्वजनिक गर्नुभएका पाँच कृषि सुधार सुत्रहरूलाई तत्काल लागु गरौँ ।
१० लाखले रोजगारी गुमाउनसक्ने र १ खर्ब ४८ अर्ब क्षति पुग्न सक्ने पनि एडीबीले बताएको छ । रेमिट्यान्समा आधारित हाम्रो अर्थव्यवस्था पनि धरासायी बन्ने खतरा देखिन्छ । खाडी मुलुकमा श्रम गर्ने हाम्र्रा युवाहरूको रोजगार गुम्दा हामीलाई निकै अफ्ठेरो पर्नेवाला छ ।
बेलैमा तयार भएनौँ भने लकडाउन सक्किसकेपछि हामीलाई लक डाउनको भन्दा बढी चापको महसुस हुने छ ।
विश्व आर्थिक मन्दीसँग जुध्न हामीले के गर्ने ?
जवाफ सहज छ । ‘गाउँ फर्क राष्ट्रिय अभियान’ वा सामान्य भाषामा भन्दा सबै गाउँ फर्कने ।
कोरोना भाइरसको फैलिँदो सङ्क्रमणका कारण भएको बन्दाबन्दी लम्बिदै गएमा एवम भविष्यमा फेरि पनि योलगायत अन्य कीटाणुको सङ्क्रमणले महामारीको रूप लिन सक्ने सम्भावनालाई नकार्न नसकिने हुँदा २०२५ साल (सन् १९६८) मा पञ्चायत कालका प्रभावशाली नेता विश्ववन्धु थापा, कमलराज रेग्मी, खड्गबहादुरको प्रयासमा तत्कालीन सरकारले जारी गरेको “गाउँ फर्क राष्ट्रिय अभियान” लाई पुनः स्मरण गराएको छ ।
यो अभियानले शिक्षा क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्यो । यो व्यवस्थाले ग्रामीण क्षेत्रमा शिक्षाको गुणस्तर सुधार गर्न पनि ठूलो सहयोग पुर्यायो ।
स्नातकोत्तर पढ्ने विद्यार्थीहरूले पढाइ सकिएपछि कम्तिमा १० महिना ग्रामीण क्षेत्रको विद्यालयमा लगातार अनिवार्य पढाएपछि मात्र शैक्षिक प्रमाणपत्र पाउने व्यवस्था गरियो ।
राष्ट्रिय विकाससेवा (रा. वि. से.) भनिने यो व्यवस्थाले दुर्गम भेगमा विषयगत शिक्षकको अभावको समस्या धेरै हदसम्म समाधान भयो । हाल चिकित्सा शास्त्रको विधामा ठूलो फड्को मारेका देशहरुसमेत विभिन्न प्रयासहरूका वावजुद पनि यो भाइरसबाट पार पाउन सकेका छैनन् । घुडा टेक्न बाध्य हुने अवस्थासमेत आउन सक्ने देखिएको छ ।
यसरी हेर्दा हामीले पनि धनी देशका सहरी क्षेत्रका मानिसहरूले अपनाएको आधुनिक जीवन पद्धतिलाई त्यागी प्रकृतिको नियम अनुकूल मानव केन्द्रीत ग्रामीण जीवनपद्धती अपनाउन उपयुक्त हुने हो कि ?
विश्व भ्रमणमा निस्केको कोरोनारूपी यस अदृश्य शत्रुलाई सामान्य नसोचौँ । यसको नियन्त्रणमा सबै पक्षले आआफ्नो क्षेत्रबाट सहयोग गरौँ । स्वस्थ्य बानीव्यहोरा, सामाजिक दुरी अपनाउँ । ज्यान रहे पो सबैथोक रहन्छ ।
कृषि र कृषिमा आधारित व्यवसायलाई विश्वस्तरको बनाउने अवसर यति बेला नै हो । चीनमा जस्तो एक घर, एक उद्यमको नीति अबलम्बन गर्ने र उत्पादनको बजारिकरणमा सरकारले सहजिकरण गर्ने ।
विकसित पश्चिमा मुलुकहरू सयौँ बल्ड्याङ खाँदा हामी केही बल्ड्याङ मात्रै खाँदै छौँ । बहस सुरु गरौँ । छिटो पैसा कमाउने ध्याउन्नबाट ग्रसित नेपाली समाजलाई उत्पादनमूलक क्षेत्रमा लगाउन यो भन्दा उपयुक्त समय अरु नआउला ।
ग्रामीण अर्थतन्त्रको विकासले देशको आर्थिक विकासलाई टेवा पुर्याउनेछ । गाउँमा रहेको बिगौँबिगाहा जमिन बाँझैं छोडेर सहर पसेका हामीले कोरोनाको सङ्क्रमणलाई एउटा अवसरको रूपमा पनि लिन सक्छौँ ।
कृषिमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोँच बनाई अगाडि बढौँ । अल्पकालीन रूपमा किसानका लागि प्याकेज ल्याऔँ । कोरोनाका कारण बजार अभावका कारण समस्यामा परेका किसानहरूलाई समेट्ने गरी राहत प्याकेज ल्याइहालौँ ।
अहिले तत्कालै मकैको सिजन भएकाले मकै केन्द्रित भएर यसको वृहत उत्पादनमा लागौँ । भारतले चामलको निर्यात बन्द गरिसकेको स्थिति र लक डाउन लम्बिने स्थितिलाई हेरेर मकै उत्पादनमा व्यापक रूपमा अगाडि बढौँ । कृषि मन्त्रीले सार्वजनिक गर्नुभएका पाँच कृषि सुधार सुत्रहरूलाई तत्काल लागु गरौँ ।
२०२५ सालमा विश्ववन्धु थापाको नेतृत्वमा पहिलो पटक तत्कालीन व्यापार मुलक सार्वजनिक संस्थान नेशनल ट्रेडिङ्ग लिमिटेड (स्थापित २०१८ साल ) मार्फतआयात गरिएको चिनियाँ फिनिक्स साइकल चढेर मितव्ययिताको सन्देशसमेत दिएको जस्तो मितव्ययिता पो अपनाउने हो कि ?
विश्व भ्रमणमा निस्केको कोरोनारूपी यस अदृश्य शत्रुलाई सामान्य नसोचौँ । यसको नियन्त्रणमा सबै पक्षले आआफ्नो क्षेत्रबाट सहयोग गरौँ । स्वस्थ्य बानीव्यहोरा, सामाजिक दुरी अपनाउँ । ज्यान रहे पो सबैथोक रहन्छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७