काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका कुनै कामदारलाई अप्ठेरो परेको भए सम्बन्धित देशको दूतावासमा खबर गर्न र त्यहाँ सम्पर्क नभए नेपाल सरकारलाई खबर गर्न आग्रह गरेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवले समस्यामा परेका नेपाली कामदारले सरकारले व्यवस्था गरेको टोल फ्रि नम्बर ११४१ सम्पर्क गर्न सक्ने बताउनुभयो ।
मन्त्री यादवले विदेशस्थित नेपाली कामदारलाई कुनै समस्या परे कसरी नेपाल पर्काउने भन्ने विषयमा पनि छलफल भईरहेको बताउनुभयो ।
अब बस्ने मन्त्रिपरिषद्को बैठकमा विदेशमा रहेका नेपालीको उद्धारका लागि आफूले योजना प्रस्तुत गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७, ०९:३२