काठमाडौँ । आजमात्रै कोरोना भाइरसका १० जना सङ्क्रमित फेला परेका छन । उदयपुरमा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि ससङ्क्रमितको संख्या ४२ पुगेको छ । उदयपुरमा मात्रै २४ जना पुगेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज मात्रै ११ जनामा संक्रमण पुष्टि भएको सीआईएनलाई बताउनुभयो ।
दिउँसो भएको नियमित जानकारीका क्रममा धरानमा गरिएको नमूना परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको जानकारी दिइएको थियो । बाँकी १० जनाको रिपोर्ट अघि साँझ मात्रै आएको छ । हिजो उदयपुरलगायत विभिन्न स्थानबाट सङ्कलन गरिएको झन्डै एक सय नमूनामा १० जनाको कोशी अस्पतालमा पीसीआर विधिबाट कोरोना पुष्टि भए पनि थप पुष्टिका लागि धरान पठाइएको थियो ।
८ जनाको धरानमा र ३ जनाको कोठमाडौंको टेकुस्थित प्रयोगशालामा पुष्टि भएको हो । सङ्क्रमित हुनेमा अधिकांस पुरुष छन । वीरगञ्जमा गत साता तीनजनामा सङ्क्रमण पुष्टि भएको र लगत्तै उदयपुरमा धेरै सङ्ख्यामा पुष्टि भएपछि ती दुई स्थानलाई लक्षित गरेर सङ्क्रमणको परीक्षण दायरा फराकिलो पारिएको छ । अहिलेसम्म ३६ हजारको परिक्षण गरिएको छ ।
नेपालमा हालसम्म १ सय १२ जना आइसोलेसनमा भर्ना भएको जानकारी दिँदै प्रवक्ता देवकोटाले स्वमूल्याङ्कनसहित नाम दर्ता गराएका मध्ये २ सय ६७ जना कोरोना सङ्क्रमणको जोखिममा रहेको बताउनुभयो । कोरोना भाइरसका. सङक्रमणपछि उपचार गराएका ५ जना निको भएर घर फर्किसकेका छन् ।
यसअघि ४ जना र आज थप एकजना कोरोना जितेर फर्किएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७, १९:५०