काठमाडौँ । राष्ट्रिय जनता पार्टी राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाए लगत्तै आकस्मिक बैठक गरेको राजपाले सरकारको समर्थन फिर्ता लिएको हो ।
जिल्ला अदालत कैलालीका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको जानकारी पाए लगत्तै राजपा अध्यक्ष मण्डलले आकस्मिक बैठक बोलाएको थियो ।
बैठक चलिरहेका बेला अध्यक्ष मण्डलका संयोजक महिन्द्रराय यादवले अदालतको फैसलाविरुद्ध कानुनी लडाई लड्ने निर्णय गरेको सीआइएसँग बताउनुभयो । तर सरकारले आफ्ना माग पुरा नगरेका कारण सरकारको समर्थन फिर्ता लिएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५, १९:४१