काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश फिर्ता लिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन तयार देखिनु भएको छ । अध्यादेश गलत नियतले नलिएको तर यसले गलत सन्देश गएकाले आफु फिर्ता लिने कुरामा सकारात्मक रहेका नेताहरुलाई उहाँले बताउनु भएको छ ।
आज बिहीबार नेकपाका अध्यक्ष पुष्पकमल दाहासँ प्रचण्ड र नेता माधवकुमार नेपालसँग छलफल भएको छ । छुट्टा छुट्टै भएको छलफलमा अध्यादेश फिर्ता लिने विषयमा प्रधानमन्त्री सकारात्मक देखिनु भएको छ ।
नेताहरुसँगको छलफल पछि सांसदसँगको छलफल स्थगित गरिएको छ । संविधानको धारा ११४ को उपधारा २ ‘ख’मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७, १३:१७