काठमाडौं ।
तथ्याङ्कले भन्छ, नेपालका करिब ६५ प्रतिशत मानिस कृषिमा आबद्ध छन् । कृषि मन्त्रालय भन्छ, खेति किसानी गर्ने मध्ये, ६५ प्रतिशतभन्दा बढि महिला छन् । कृषि उत्पादनमा महिला सहभागिता धेरै छ, तर त्यस अनुसारको आर्थिक स्वामित्व भने छैन ।
पहाडी क्षेत्रमा ८० प्रतिशतभन्दा बढि महिला खेति किसानीमा छन् । तराईका महिलालाई पनि बिहान उठेदेखि राती अबेरसम्म खेतिपातीकै कामबाट फुर्सद मिल्दैन ।
झापाका इन्द्रकला पोखरेललाई वर्षभरी धान, गहुँ, तोरी र तरकारीको स्याहार गर्दैमा फुर्सद मिल्दैन । ४८ वर्षका उहाँको आधा जीवन माटोसँग खेल्दैमा बित्यो । सिंचाइको व्यवस्था भएपछि अब भने उत्पादनका लागि अलि सजिलो हुने उहाँको आशा छ ।
पछिल्लो समय खेति किसानीमा आवद्ध महिलाहरुको सङ्ख्या बढ्दै गएको छ । गुल्मीका अमृता केसी पनि च्याउ खेती र बेमौसमी तरकारी खेतीमा व्यस्त हुनुुहुन्छ । खेती विस्तारका लागि यस वर्ष उहाँले स्थानीय तहबाट ऋण अनुदान पनि पाउँदै हुनुहुन्छ ।
पहाडी क्षेत्रमा ८० प्रतिशतभन्दा बढि महिला खेति किसानीमा छन् । तराईका महिलालाई पनि बिहान उठेदेखि राती अबेरसम्म खेतिपातीकै कामबाट फुर्सद मिल्दैन । सिरहाका सञ्जिलादेवी यादव बिहान झिसमिसेदेखि झमक्क साँझ नपरुन्जेल खेतको काममै व्यस्त हुने बताउनुहुन्छ ।
यादवले भन्नुभयो, ‘धान काट्ने समयमा काट्न प¥यो, रोप्ने र गोड्ने बेलामा पनि उत्तिकै व्यस्त भइन्छ, घाँस/पराल, बस्तुभाउको स्याहार अनि घरको पकाउने/खुवाउने सँगै छोराछोरीको हेरचाह पनि गर्नै प¥यो ।’
६५ प्रतिशत नागरिक कृषिमा आबद्ध रहेको नेपालमा मुस्किलले ३ देखि ४ प्रतिशत किसान व्यवसायिक छन् । १५ प्रतिशत व्यवसायिक किसान भए देशलाई पुग्ने सरकारको अनुमान छ ।
एउटा अध्ययन अनुसार कृषि पेशामा रहेका महिलामध्ये ९४ प्रतिशत ग्रामिण महिला छन् । संख्यात्मक रुपमा महिलाको सहभागीता कृषिमा निकै देखिन्छ । तर आर्थिक रुपमा भने महिला किसानको अवस्था राम्रो देखिंदैन भन्नुहुन्छ, कृषि मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ विनोद भट्टराई ।
भट्टराईले भन्नुभयो, ‘आर्थिक कुरा गर्दा महिलाको अवस्था दयनिय छ, घण्टौसम्म खट्ने उनीहरु छन् तर उत्पादनलाई बेच्ने र आम्दानी कहाँ खर्च गर्ने भन्ने विषयमा अझैपनि उनीहरुले निर्णय गर्न पाइरहेका छैनन् । यसको अन्त्यका लागि सरकारले काम गरिरहेको छ । ’
६५ प्रतिशत नागरिक कृषिमा आबद्ध रहेको नेपालमा मुस्किलले ३ देखि ४ प्रतिशत किसान व्यवसायिक छन् । १५ प्रतिशत व्यवसायिक किसान भए देशलाई पुग्ने सरकारको अनुमान छ । कृषिमा महिलालाई व्यवसायिक बनाउन सरकारको योजना चाँही के छ ? कृषि अनुसन्धान परिषद् नार्कका मुख्य वैज्ञानिक हरिकृष्ण उप्रेति महिलाको श्रम कम गराउने गरी अनुसन्धान र प्रविधि विकासको काम भइरहेको बताउनुहुन्छ ।
उप्रेतिले भन्नुभयो, ‘म अहिले रोल्पामा छु, महिलाको सहभागीता र स्वामित्वको सन्दर्भमै कार्यक्रम चलिरहेको छ । कृषिमा लागेका अधिकांश महिला भएकाले श्रम पनि उनीहरुले नै गरिरहनु परेको छ । कृषिमा महिलाको श्रम घटाउन केही परिवर्तन पनि भएको छ ।’
उहाँले अगाडी भन्नुभयो, ‘उच्च पहाडी क्षेत्रमा/मध्य पहाडी क्षेत्रमा भएको कोदो, चिनो, कागुनोहरु फल्नको लागि महिलाहरुले ढिकी अथवा ओखलको प्रयोग गर्नुहुन्थ्यो भने अहिले फल्नको लागि र झार्नको लागि मेसिनहरुको विकास भइसकेको छ र कतिपयले प्रयोग पनि गरिहनुभएको छ । विउहरुको उत्पादन गर्ने सन्दर्भमा ग्रेडिङ गर्ने, सफा गर्ने भन्थ्यौं हामी त्यसको लागि पनि पहिला दिदीबहीनीहरुले नाङ्लोको प्रयोग गर्नुहुन्थ्यो भने अहिले ग्रेडर मेसिन छ । सफा गर्ने इनओर मेसिन छ । तराईतिरको कुरा गर्दा कम्बाइन हार्वेस्टर, धान रोप्न, मकै रोप्न ट्रान्सप्लान्टर र प्लान्टरहरुको कुरा छ ।’
एउटा अध्ययन अनुसार कृषि पेशामा रहेका महिलामध्ये ९४ प्रतिशत ग्रामिण महिला छन् । संख्यात्मक रुपमा महिलाको सहभागीता कृषिमा निकै देखिन्छ । तर आर्थिक रुपमा भने महिला किसानको अवस्था राम्रो देखिंदैन ।
खेतबारीमा खट्ने र उत्पादन गर्ने ठाउँमा महिला बढि भएपनि आम्दानीको हिस्सामा महिलाको पहुँच कम देखिएको छ । कृषिमा स्थानीय सरकारले चलाएका कार्यक्रममा महिलालाई प्राथमिकता दिनसके महिलाहरुको आर्थिक अवस्था बलियो हुने अर्थविद्हरु बताउँछन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५