काठमाडौँ । आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानमा लगाइएको प्रतिबन्ध आगामी जेठ २ गतेसम्म कायमै हुने भएको छ ।
आज सिंहदरवारमा बसेको नोबेल कोरोना भाइरस (कोभिड १९) सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले तत्कालका लागि हवाई उडान सञ्चालन गर्न नसकिने निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो ।
समितिका प्रवक्ता तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले हवाई उडान अप्रिल ३० सम्म स्थगित गरिएकोमा बढाएर मे महिनाको १५ तारिखसम्म लम्ब्याउने निर्णय भएको जानकारी दिनुभयो ।
समितिले मुलुकभरमा जारी गरिएको बन्दाबन्दीको आदेशका कारण नेपालमा कोरोनाको सङ्क्रमण नियन्त्रणमा रहेको पनि निष्कर्ष निकालेको छ ।
भारत, चीनलगायत छिमेकी मुलुकमा परेको प्रभावको समीक्षा गर्दै बन्दाबन्दीको समयावधि थप्ने वा खुकुलो बनाउने बारेमा सरकारले निर्णय गर्ने पनि सचिव विडारीले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७, १६:०४