सरकारले भनेको छ, ‘लकडाउनको पालना गर्नुस् । घरै बस्नुस् । तपाईँ जोगिए परिवार जोगिन्छ । परिवार जोगिए, समाज र देश यसै जोगिन्छ ।’ सरकार हाम्रो हो । अनि हाम्रो सरकारले यी कुरा हाम्रै भलाइका लागि भनेको हो । नमान्ने कुरै भएन । सरकारको कुरा मानिरहेकै छौँ ।
आउनुस्, रमाइलो गरौँ । एउटा सजिलो प्रश्न गर्छु । उत्तर पनि म आफैँ दिन्छु । मेरो प्रश्नोत्तर रमाइलो नलागे त्यो तपाईँको कुरा । म त के भन्न सक्छु र ! अहिले देशमा सरकार छ कि छैन ? प्रश्न यही हो ।
ज्याः यस्तो पनि प्रश्न हुन्छ । प्रश्नै सजिलो भएपछि जवाफ दिइराख्नै परेन । कि कसो ? हुन्न, हुन्न रमाइलो गरौँ भनेपछि यति सजिलै उम्किन कहाँ दिन्छौँ । तपाईलाई यस्तै लागि राख्या होला ।
सायद तपाईँ भन्नुहुन्छ, ‘सरकार छ । त्यो पनि एउटा मात्रै होइन, ७ सय ६१ वटा । स्थानीय सरकार ७ सय ५३ वटा छन् । मतलब हाम्रो दैलोमै ७ सय ५३ जना प्रधानमन्त्री । अरु सयौँ मन्त्री । उनका आसेपासे र काँटा, चम्चाहरू ।
अलि पर्तिर । सजिलो शब्दमा भन्दा घुर्यान छेउ । सातवटा प्रदेश सरकार छन् र सात जना मुख्यमन्त्री ।
धेरै टाढा अर्थात् घरदेखि जङ्गल गएजति टाढा । एउटा सङ्घ सरकार छ । प्रधानमन्त्री पनि एक । जङ्गल जति टाढा किन ? भन्ठान्नु भो होला । सिंहदरबारबाट चल्ने भएकाले जङ्गल भनेको । दरबारमा बसे पनि जङ्गलमा बसे पनि सिंह, सिंह नै हो ।
एकजना सांसदले फेसबुकमा लेखे, ‘आज तीन सय जनालाई उद्धार गरेर गाउँ पठाइयो ।’ सँगै फोटो पनि थियो । चिउँडोमा मुखौटो झुन्डाएर बसभित्र मान्छे मिलाउँदै गरेको ।
मन्त्रीको अघि प्रधान थपे पनि मुख्य थपे पनि कुरा उही हो । जनताको लागि ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात !’ हैट, बिस्मात नहुने कुरा हुन्छ, भोट हालेर जिताएर पठाको ।
कस्तो मान्छे चुनिएछ भनेर बिस्मात मान्नु भो होला । मान्नुस्, भोट पनि तपाईँको अधिकार । बिस्मात पनि तपाईँकै ।
राजधानीबाट तीनवटा जिल्ला परको बासिन्दा हुँ । जम्मा तीनवटा । राजधानीको घु¥यानमै घर छ । अनि रमाइलो छैन त ! भक्तपुर, काभ्रे र सिन्धुली कटेपछि घर पुगिन्छ । घर भनेको ओखलढुंगा । उही सिद्धिचरण श्रेष्ठको मेरो प्यारो ओखलढुंगा क्या !
नजिक भएर के गर्नु, घर जान कि त दसैँ आउनु पर्ने कि त दशा । दसैँ त बुझि हाल्नु भो । दशा भनेकोचाहिँ हालका लागि कोरोना सम्झिनुस् ।
बस चढ्ने ठाउँ, कि चाबहिल कि कोटेश्वर हो । कर्मको धर्म सम्झिनुस् या मर्म । एउटा पत्रकार यसै हप्ता कोटेश्वर पुगेछ ।
उसले देखेछ, दसैँमा घर जानेहरूको भीडभन्दा दशामा घर जानेहरूको भीड धेरै । ठेलमठेल गर्दै मानिसहरू बसमा चढेका । तर सबैको मुख मुखौटाले ढाकिएको । बस चढाउनेहरूलेचाहिँ मुखौटा चिउँडामा झुण्डाएका । मानौँ कि उनीहरू हिरो हुन् । कोरोना उनीहरूमा नाक, मुखमा छिर्नै सक्दैन ।
यसैबीचमा कतिपय स्थानीय सरकारले सूचना निकालेका छन् । गाउँ फर्किनेहरूले कलङ्कीमा भेला हुनू । चाबहिल र कोटेश्वरमा भेला हुनू । फलानो वडाअध्यक्षलाई फोन गर्नू । वा सम्झिनु फनालो वडाअध्यक्षको चम्चालाई ।
कोरोनाबाट नागरिकलाई बचाउँनै पर्यो । रोग सरुवा मात्रै होइन, नयाँ पनि हो । नयाँ रोगको ओखती हुने कुरै भएन । ओखती नभएपछि उपाय खोजियो । संसारले भेटेको उपाय एउटै छ । त्यो हो लकडाउन ।
मान्छेहरूले नेपालीमा बन्दाबन्दी पनि भन्छन् । जसको सजिलो अर्थ तपाई जहाँ हुनुहुन्छ त्यही रहन बाध्य पार्ने गरी गरिएको बन्द हो । बन्द भनेपछि बन्द नै हो । सजिलो अप्ठ्यारोमा हल्का खुला भन्ने कुरा पनि हुन्छ र ? हुन्न नि !
एकजना सांसदले फेसबुकमा लेखे, ‘आज तीन सय जनालाई उद्धार गरेर गाउँ पठाइयो ।’ सँगै फोटो पनि थियो । चिउँडोमा मुखौटो झुन्डाएर बसभित्र मान्छे मिलाउँदै गरेको ।
कमेन्टमा मान्छेहरूले सलाम ठोकिरहेका थिए । लेखिरहेका थिए, ‘माननीयज्यू क्या राम्रो काम ।’ छक्क पर्छु, किन होला त्यो फोटो मलाई मात्रै कुरीकुरी लागेको ।
सहरमा अप्ठेरो छ, भन्दै अघिल्लो हप्ता मानिसहरू हिँडेरै घर गएका समाचार आए । कतिले भिडियो बनाए । युटुबमा राखे । धेरथोर कमाए । मानिसहरू भन्छन्, सहरका घरचाहिँ जोडिएका तर मनको दुरी परपर छ ।
त्यही भएरै होला, गाउँले अप्ठेरोमा पर्दा सहरले देखेन । सहरलाई सुखमा सघाएकाहरू दुखमा रुँदै घर फर्किए । ‘चप्पल लाएर रुँदै कोसौँ परको गन्तब्य हिँडेकाहरूलाई हँसाउदै बसमा नपठाउनु त ?’ तपाईको मनमा प्रश्न आयो होला ।
अर्कोतिर खबर आउँछ, विदेशबाट आएको २८ दिनपछि कोरोना सङ्क्रमण । लगत्तै अर्को खबर आउँछ, क्वारेन्टाईनमा १४ दिन बसेर घर फर्किएपछि कोरोना सङ्क्रमण । हामी, खबर एउटा कानले सुन्छौँ र अर्को कानले ओकेल्छौँ । यो त हाम्रो आदत नै हो । सिरियस कुरामा सिरियस छैनौँ ।
जवाफ सजिलै छ, पठाउनु । तर व्यवस्थित तरिकाले ।
पछिल्लो हप्तामा मात्रै, लाखभन्दा धेरै मानिस राजधानीबाट गाउँ फर्किएको अनुमान छ । ती लाखभन्दा धेरै मानिस, कहाँ छन् ? कसको निगरानीमा छन् ? स्वयं वा सरकारको !
‘कसले पठायो मानिसहरूलाई गाउँ ? किन पठाइयो ? कसरी पठाइयो ? हामीसँग केही समन्वय भएको छैन ।’ गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होम नारायण श्रेष्ठको भनाइ ।
यसैबीचमा कतिपय स्थानीय सरकारले सूचना निकालेका छन् । गाउँ फर्किनेहरूले कलङ्कीमा भेला हुनू । चाबहिल र कोटेश्वरमा भेला हुनू । फलानो वडाअध्यक्षलाई फोन गर्नू । वा सम्झिनु फनालो वडाअध्यक्षको चम्चालाई ।
कोटेश्वरमा गाडी चढ्नेहरूको भीड देखेर मन कटक्क भो । के सघ सरकारले यतिका मानिस गाडीमा चढाइरहेको छ ? गाउँ फर्काइरहेको छ ? मनमा लागेको प्रश्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङलाई सुनाएँ । उहाँको जवाफ थियो, ‘होइन हामीले कसैलाई घर पठाउने भनेकै छैनौँ ।’
सरकारहरूले के गर्लान् ? तिनीहरुसँग कुनै योजना होला ? तिनीहरूसँग कुनै तयारी होला ? कि फु–मन्तर गरेर कोरोना चट पार्लान् ? त्यही भएर, बन्दाबन्दीलाई पूर्ण पालन गरौँ । आफैं जिम्मेवार बनौँ । यहाँ यस्तै छ, भुँई मान्छेका लागि सरकार छ पनि छैन पनि ।
त्यसो भए कुन चरीले लगिरहेछ यी मान्छेहरूलाई रातारात गाउँ ?
‘काठमाडौँमा बसिरहेका आफ्ना जनतालाई गाउँ फर्काउन स्थानीय तहका जनप्रतिनिधि र नेताहरूबीच होडबाजी नै चल्यो । कसले कति मान्छे आसार्न सक्यो भन्ने कुरा गर्वको विषय बन्ला ।
आगामी चुनावको जोडघटाउमा पनि काम लाग्ला । तर कोरोना सङ्क्रमणको जोखिमप्रति पूरै वेवास्ता देखियो ।’ एकजना पत्रकार दाजुले फेसबुकमा लेखेको कुरा ।
अर्कोतिर खबर आउँछ, विदेशबाट आएको २८ दिनपछि कोरोना सङ्क्रमण । लगत्तै अर्को खबर आउँछ, क्वारेन्टाईनमा १४ दिन बसेर घर फर्किएपछि कोरोना सङ्क्रमण । हामी, खबर एउटा कानले सुन्छौँ र अर्को कानले ओकेल्छौँ । यो त हाम्रो आदत नै हो । सिरियस कुरामा सिरियस छैनौँ ।
यार, के मान्छेहरू कोरोनासँग मजाक गरिरहेछन् । के तिनीहरू अमेरिका र इटाली बारे सुनिरहेका छैनन् ।
ओ नेताजीहरू, कोरोनाको कहरमा भविष्यका लागि भोट कमाउनै पर्दैन । के थाहा, सहरबाट रित्तै गाउँ फर्किएकाले कोरोना बोकेर गएका छन् कि ? एक व्यक्तिका कारण गाउँमा कोरोना छपक्कै भो भने !
सरकारहरूले के गर्लान् ? तिनीहरुसँग कुनै योजना होला ? तिनीहरूसँग कुनै तयारी होला ? कि फु–मन्तर गरेर कोरोना चट पार्लान् ? त्यही भएर, बन्दाबन्दीलाई पूर्ण पालन गरौँ । आफैं जिम्मेवार बनौँ । यहाँ यस्तै छ, भुँई मान्छेका लागि सरकार छ पनि छैन पनि ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७, १०:५७