सिमरा/बारा ।
कोरोना संक्रमण भएका बाराका दुवैजना मुस्लीम समुदायका व्यक्ति रहेको पाइएको छ ।
संक्रमितमध्ये एकजना जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर र अर्का सिम्रौनगढ नगरपालिका वडा नम्बर चार हरिहरपुर घर भई जीतपुरसिमरा २० ईनर्वासिरा बस्दै आएका व्यक्ति भएका जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ ।
गत बैशाख १४ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ ईनर्वाका एक व्यक्तिमा कोरोना संक्रमण पाईएपछी उनको सम्पर्कमा आएकाको खोजी गरिएको थियो ।
खोजीको क्रममा दुबैजना सम्पर्कमा आएपछि जीतपुरसिमरा उपमहानगरले निर्माण गरेको कोरोना विशेष अस्थाई अस्पतालमा १४ गते नै भर्ना गरिएको थियो ।
संक्रमित दुबै भारतको दिल्लीमा भएको धार्मीक सभाबाट ईनर्वाका संक्रमितसँगै फर्किएका बताइएको छ ।
संक्रमण पुष्टि भएका दुबैजनालाई वीरगञ्जस्थित नारायणी अस्पताल लैजाने तयारी भइरहेको र उनीहरुको सम्पर्कमा आएका व्यक्तिको खोजी थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७, १३:४५