काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँवानेश्वरस्थित संसद बैठक कक्षको अवलोकन गर्नुभएको छ ।
नोबेल कोरोना भाइरस, कोभिड १९ को जोखिम नियन्त्रणका लागि मुलुकभर बन्दाबन्दीको आदेश जारी भएको बेला दुरी कायम गरेर बैठक बसाल्ने तयारी संसद सचिवालयले गरेको छ ।
यसअघि भएका ३ वटा कुर्सीको बीचको कुर्सी हटाएर दुरी कायम गर्ने गरी संसद सचिवालयले सांसदको बसाइ व्यवस्थापन गरीरहेको छ । जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधिनक व्यवस्थाअनुसार सरकारलाई संसद्को अधिवेशन बोलाउनुपर्ने दवाव छ ।
संसदके तयारी र बजेट अधिवेशनको बारेमा आजै सभामुख अग्निप्रसाद सापकोटासँग प्रधानमन्त्री ओलीले बालुवाटार छलफल गर्नुभएको छ । प्रधानमन्त्री ओली, सभामुख सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रीलगायतले सङ्घीय संदद बैठक कक्षको स्थलगत अवलकोकन गर्नुभएको हो ।
सचिवालयले छैठौं अधिवेशनका लागि सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठक सामाजिक दुरी कायम गरी गरीने सीट प्लान’ बारे जानकारी गराएको छ । सङ्घीय संसदको दुबै सदनमा गरी कुल सांसद्को सङ्ख्या ३३४ हुन्छ । हाल चार जना सांसद निलम्बनमा छन् ।
सङ्घीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक कक्षमा तल ५ सय ४० सीट र माथि ४ सय ५० सीट छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७, १५:२९