काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म ५७ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।
आज इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई उदृत गर्दै सञ्चारमाध्यमहरूमा संक्रमितको संख्या ५८ पुगेको खबरहरू आएको थियो ।
नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले ५७ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउनु भएको हो ।
प्रदेश दुईमा आज थप चार जनामा नभइ तीन जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।
यस्तै, प्रदेश नम्बर २ सरकारले पनि आज प्रदेशमा चार जना नभई तीन जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको छ ।
नियमित पत्रकार सम्मेलनमा प्रदेश नम्बर २, सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले पछिल्लो २४ घण्टामा बारामा २ र पर्सामा एक गरी तीनजना संक्रमित भेटिएको बताउनुभयो ।
उहाँले एकजना संक्रमित पहिलेकै भएको भन्दै द्धिविधाका कारण सञ्चारमाध्यमहरूमा ४ जना संक्रमित भेटिएको खबर आएको पनि बताउनुभयो ।
संक्रमित ५७ मध्ये १६ जना उपचार पछि घर फर्किसकेका र अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७, १७:२६