बिहान उठेर बाहिर हेरँे । नेपाल प्रहरी एक सवारीसाधनमा सवार थियो । गाडीमा रहेका प्रहरीहरूले बजारका मानिसहरूलाई घरभित्र जान आग्रह गरिरहका थिए ।
मैले म बस्ने घरको छतबाट मानिसका क्रियाकलाप नियालिरहेको थिएँ । यत्तिकैमा मिलनचोकतिरबाट एकजना महिला उदिनढुङ्गातिर आइन् । प्रहरीले गाडी रोक्यो र सोध्यो, ‘कहाँ जाने हो ? मास्क खै ?’ महिलाले भनिन्, ‘घर जाने हो ।’ त्यसपछि पनि प्रहरी र महिलाले केहिबेर कुरा गरे । सबै मैले सुनिन ।
त्यसपछि महिला आफ्नो बाटो लागिन् र प्रहरी पनि आफ्नो बाटो लाग्यो । त्यसको केही बेरपछि उदिनढुङ्गा जीपपार्कबाट केही सशस्त्र प्रहरी मुख्य सडकतिर निस्किए । त्यत्ति नै बेला एकजना होटलका साहू घरबाहिर निस्किए ।
उनले मुखमा मास्क पनि लगाएका थिएनन् । प्रहरीले सोध्यो, ‘कहाँ जान थालेको, मास्क खै ?’ ‘त्यहि पर । मास्क घर छ ।’ उनले ठाडै पाराले उत्तर दिए । मलाई अचम्म लाग्यो ।
प्रहरीले रिसाएको पारामा भन्यो, ‘मास्क लाएर हिड्नु न, शान देखाएको हो र ?’ उनका परिवारका अन्य सदस्यहरू घरको सटरबाट बाहिर हेरिरहेका थिए । ‘ओए मास्क ल्याओ त !’ भन्दै दुई पाइला पछाडि गए । ‘मास्क ल्याओ न छिटो ।’ उनले फेरि परिवारका सदस्यलाई थर्काएको पारामा भने ।
अनि फेरि अगाडि बढे । अन्ततः उनी बिनामास्क सरासर आफ्नो बाटो गए । उनले प्रहरीले भनेको टेरेनन् । सशस्त्र प्रहरी पनि उनलाई केही भनेन । सायद उनले मास्क प्रहरीका लागि लगाइदिने जस्तो बुझे होलान् ।
सशस्त्र प्रहरी मुख्य बाटोमा निस्कनुभन्दा केही पहिले मेरो एकजना साथीले मोटरसाइकल गुडाएको थियो । प्रहरी देखेपछि केही पर उनले मोटरसाइकल रोके । अनि प्रहरी मिलनचोकतर्फ अगाडि बढ्यो ।
प्रहरी अलि अघि बढिसकेपछि उनले सवारी पुनःचलाउन सुरु गरे, त्यो पनि बिनाजुत्ता र बिनामास्क । त्यत्तिबेला उनी चिदिचौर पुगेर फर्केका रहेछन् । पछि मैले सोधँे, ‘किन बाइक चलाएको नि ?, प्रहरीले देखेन कतै ?’ ‘सानो कामले चिदिचौरसम्म गएर आएको, ट्राफिक चिनेका थिए, केहि गरेनन् ।’ उनले जवाफ फर्काए ।
बुझेर पनि नबुझेजस्तै गर्नेलाई कडाभन्दा कडा कारबाही आवश्यक छ । यसमा नागरिकको तर्फबाट पूर्ण साथ र सहयोग मिल्नेछ । बिनामास्क यसरी लापरवाही तरिकाले यात्रा गर्दा हामीले ठूलो क्षति बेहोर्नुपर्ने छ ।
मोटरसाईकलमा कुखुराको दाना लैजादै गर्दा प्रहरीले रोकेर सोधपुध गर्यो । ‘कहाँ लैजान थालेको ? लकडाउनबारे थाहा छैन र ?’ ट्राफिक प्रहरीले सोध्यो ।
‘दाना पनि विक्री गर्नुपर्यो, कुखुरा बचाउनुपर्यो सर, लकडाउन बारे त था छ नि ।’ उनले जवाफ फर्काए । ‘कुखुरा ठूलो कि मानिसको ज्यान ठूलो ?’ प्रहरीले भने ।
अनि ती व्यापारीले ‘मैले राम्ररी बुझ्छु सर ! म पनि समाजसेवी हुँ । यो अभियानमा मेरो पनि साथ छ । आदि ।’ प्रहरीले उनको बिन्ति सुनेन । दाना फर्काएर उनको पसलमा पुर्यायो । व्यापारीले चित्त दुखाए पनि म भने प्रहरीको कामबाट खुसी भएँ ।
यतिबेला कोरोना भाइरसबाट विश्व त्रसित छ । कोरोनाबाट बच्न विश्वका अधिकांश मुलुकहरूले ‘लकडाउन’ घोषणा गरेका छन् । त्यसबाट बच्न नेपालले पनि चैत ११ देखि ‘लकडाउन’ घोषणा गर्यो ।
त्यसलाई सफल बनाउन भन्दै गुल्मी जिल्ला प्रशासन कार्यालयले पनि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) ले दिएको अधिकारअनुसार प्रयोग गरी निषेधाज्ञा जारी गर्यो ।
देशका विभिन्न सहर तथा देश बाहिरबाट पनि नागरिकहरू घर आएकोले सहरभन्दा गाउँ जोखिममा छन् । तर स्थानीय सरकारले मानिसहरूलाई घरभित्रै बस्न आग्रह गर्नुका साथै सम्बन्धित स्थानीय तहका विद्यालयमा वेड निर्माण गर्ने, देशका विभिन्न सहर वा विदेशबाट आएको तथ्याङ्क लिने गरेका छन् ।
तर मानिसहरूले निषेधाज्ञा वा लकडाउन उल्लघङ्न गर्दै घरबाहिर निस्किरहेका छन् । निषेधाज्ञा जारी भएकै दिन सदरमुकाममा मात्रै १७ मोटरसाइकल र एक स्कर्पियो गरी १८ सवारीसाधन नियन्त्रणमा लिइयो ।
मङ्गलबारभन्दा बुधबार बाहिर निस्कने मानिसहरू केही कम भएता पनि निषेधाज्ञाको पूर्ण कार्यान्वयन भने भएको छैन । मानिसहरूले लकडाउन भन्ने नबुझेर हो वा बुझाउन नसकेर हो अथवा बुझेर पनि नबुझेझैँ गरेका !
कतिपय मानिसहरूले त यो लकडाउनलाई कुनै राजनीतिक दलले गरेको बन्द झैँ सम्झेर साँझ ५ बजेपछि खुल्ने झैँ गरेको पनि पाइयो । यससम्बन्धमा मानिसहरूलाई अझ बुझाउन जरुरी छ ।
बुझेर पनि नबुझेजस्तै गर्नेलाई कडाभन्दा कडा कारबाही आवश्यक छ । यसमा नागरिकको तर्फबाट पूर्ण साथ र सहयोग मिल्नेछ । बिनामास्क यसरी लापरवाही तरिकाले यात्रा गर्दा हामीले ठूलो क्षति बेहोर्नुपर्ने छ ।
यसबारेमा कतिपय जिम्मेवार मानिसहरू समेत सचेत नभएको पाइएको छ । बाहिर ननिस्कने भनेपछि बोर लाग्नु स्वभाविकै हो ।
स्वास्थ्यकर्मीहरूले भनिरहेका छन् कि, ‘कोरोना तपाईँलाई खोज्दै घरमा आउदैन तर तपाईँ पनि कोरोना खोज्दै बाहिर ननिस्किनुहोस् ।’ यो भनाइ मलाई अत्यन्तै सान्दर्भिक लागेको छ ।
यो समयमा हामीले सरकारले भनेको मान्नुको विकल्प छैन । हामीले सरकारलाई नाका बन्द गर्न भन्यौँ । सरकारले मान्यो । अन्तर्राष्ट्रिय उडान बन्द गर्न भन्यौँ । सरकारले बन्द गर्यो ।
बजारमा प्रहरीले गस्ति गरी मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ । त्यसैले निराश नबनौँ, आत्मबल बढाऔँ । कोरोनाबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ ।
लकडाउन गर्न भन्यौँ । सरकारले त्यो पनि गर्यो । हामीले भनेका काम सरकारले मान्दै आएको छ । तर सरकारले भनेको एउटा काम पनि हामीले मानेनौँ भने त्यसले ठूलो दुर्घटना हुनसक्छ ।
सरकारले नागरिकको लागि कठोर कदम चालेको हो भन्ने कुरा बुझौँ र सकेसम्म घरबाहिर कोहि पनि ननिस्कौँ । यदि निस्किनुपर्ने बाध्यता भएमा सुरक्षित भएर मात्र यात्रा गरौँ ।
निराश नबनौँ, आत्मबल बढाऔँ
नेपालीमा एउटा उखान छ, ‘वनको बाघले खाओस् कि नखाओस्, मनको बाघले खाओस् ।’ अहिले हामीलाई पनि मनको बाघले खाएको छ । मानिसहरू धेरै आत्तिएका छन् ।
मेरो विचारमा धेरै आत्तिनुपर्दैन तर सतर्क रहनुपर्छ । गुल्मीमा पनि कोरोनालाई लक्षित गर्दै केही कामहरू भएका छन् । सदरमुकाम तम्घासमा १६ शैयाको आइसुलेशन हाउस निर्माण गरिएको छ भने स्वास्थ्यकर्मीलाई पीपीई प्रदान गरिएको छ ।
स्थानीय तहले सञ्चारमाध्यममार्फत सूचना प्रसारण गर्नुका साथै जनचेतनामूलक सामग्रीहरू प्रकाशन गरेका छन् । सबै स्थानीय तहले केन्द्रमा हेल्थ डेक्स सञ्चालन गरी पैदल यात्रुको स्वास्थ्य अवस्था जाँच गरिरहेका छन् ।
देशका विभिन्न सहर तथा देश बाहिरबाट पनि नागरिकहरू घर आएकोले सहरभन्दा गाउँ जोखिममा छन् । तर स्थानीय सरकारले मानिसहरूलाई घरभित्रै बस्न आग्रह गर्नुका साथै सम्बन्धित स्थानीय तहका विद्यालयमा वेड निर्माण गर्ने, देशका विभिन्न सहर वा विदेशबाट आएको तथ्याङ्क लिने गरेका छन् ।
बजारमा प्रहरीले गस्ति गरी मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ । त्यसैले निराश नबनौँ, आत्मबल बढाऔँ । कोरोनाबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७