काठमाडौं ।
काठमाडौंको टोखा नगरपालिकाका ६ हजारभन्दा बढी नागरिकलाई राहत वितरण गरिएको छ ।
मुलुकमा जारी लकडाउन अर्थात् बन्दाबन्दीका कारण समस्यामा परेका ति नागरिकलाई नगरमा रहेका सामाजिक संघ संस्थाले राहत वितरण गरेका हुन् ।
बानियाँटार युवा क्लब र जनकल्याण सामाजिक केन्द्रले विशेषगरि टोखा नगरपालिकामा रहेका गर्भवति, सुत्केरी, बालबालिका, असहाय, विपन्न, अशक्त लगायतका ६ हजारभन्दा बढी प्रभावितलाई राहत वितरण गरेको हो ।
बानियाँटार युवा क्लवका अध्यक्ष प्रविण बानियाँले वैशाख ४ गतेबाट सुरु गरिएको राहत वितरणमा दैनिक चार सय भन्दा बढीलाई तयारी खाना खुवाउने, दाल, चामल, फलफूल, मासु, अण्डा, हरियो तरकारी लगायतका खाद्यान्न सामग्री वितरण गर्दै आएको बताउनुभयो ।
उहाँले दाल, भात, तरकारी लगायतका पकाएको खाना प्याकेटमा घर घरमै गएर पु¥याउने गरेको जानकारी दिनुभयो ।
बानियाँले भन्नुभयो, ‘टोखा नगरपालिकाका कोहीपनि विशेषगरि विपन्न, असहाय, दैनिक मजदुरी गर्नेहरू भोको बस्नु नपरोस् भनेर खाना खुवाउने काम सुरू गरेका हौं । यसका लागि स्थानीय नागरिकले आ आफ्नो क्षमता अनुसार सहयोग गरिरहनुभएको छ ।’
यस्तै, जनल्याण सामाजिक केन्द्रका अध्यक्ष विकास कुमार दासले काठमाडौं उपत्यकाबाट बाहिरिने व्यक्तिसहित टोखा नगरपालिका बाहिरका व्यक्तिहरूलाईपनि खाना उपलब्ध गराउने गरिएको बताउनुभयो ।
उहाँले बन्दाबन्दीका कारण प्रभावित भएका व्यक्तिलाई दुबै क्लबको संयुक्त प्रयासमा खाना उपलब्ध गराउने गरिएको र स्थानीय सरकारसँगै स्थानीय नागरिकले पनि सहयोग गरिरहेको बताउनुभयो ।
खान खुवाउने क्रममा स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिइएको दासको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७, १३:१४