काठमाडौं ।
रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा आज साँझ बम विस्फोट हुँदा ४ जना बालबालिकाको मृत्यु भएको छ ।
त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा आज साँझ साढे ६ बजेतिर भएको विस्फोटमा ४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सीआईएनलाई जानकारी दिनुभयो ।
घटनामा १४ वर्षका लोकिराम डाँगी, ११ वर्षीया विमला खत्री, ५ वर्षका विजय खत्री र १३ वर्षका गौरव नेपालीको मृत्यु भएको ढकालले जानकारी दिनुभयो ।
घटनाका विषयमा गाउँपालिकाका अध्यक्ष मार्फत् जानकारी पाएको र जानकारी अनुसार बाख्रा चराउन गएका बालबालिकाले बम खेलाउँदा घटना भएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।
कसले बम राखेको हो वा पुरानै बम हो भन्ने विषयमा थाहा नभइसकेको भन्दै उहाँले घटनास्थल नजिकै रहेको प्रहरी सँगै जिल्लाबाट समेत प्रहरी खटिएको बताउनुभयो ।
घटनाका विषयमा नेपाली सेनलाई समेत जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७, २०:५६