काठमाडौँ । नेपालमा थप २ जनामा नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ भएको पुष्टि भएको छ । आज प्रदेश ५ का २ जनामा कोरोना पुष्टि भएको हो ।
रुपन्देहीका एक २५ वर्षका युवा र बाँकेका ६० वर्षका पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ५९ पुगेको मन्त्रालयका सहायक प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार दुवैजना नयाँ सङ्क्रमितको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७