काठमाडौँ । २०६६ सालमा शाखा अधिकृतबाट प्रवेश गर्नुभएका बाग्लुङका रुद्रादेवी शर्मा ९ वर्षकै अवधिमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सहसचिव हुनु भएको छ ।
आफ्नै अगाडि नभनेपनि महिला भन्दै होच्याउने प्रवृत्ति भने अझै कायमै छ ।'महिलालाई अगाडि बढाउनका लागि सबभन्दा पहिला त घरपरिवार, समाज र सहकर्मीबाटै सोचाइमा परिवर्तन ल्पयाउनुपर्छ।' शर्माले भन्नुभयो ।
सीता परियार अहिले उपसचिवको रूपमा कार्यरत हुनुहुन्छ । बितेका ७ वर्षमा दोलखा र भोजपुर जिल्लाको स्थानीय विकास अधिकारी हुदै काठमाडौँको चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत पनि भइसक्नुभयो । महिलालाई निजामति क्षेत्रमा सफलता प्राप्तका लगि समाजको बुझाइ पनि परिवर्तन हुनुपर्ने उहाँ बताउनुहुन्छ ।
निजामती क्षेत्रमा बिशिष्ट श्रेणी अर्थात सचिव ६६ जना छन् । यो सङ्ख्यामा तीन जना मात्र महिला छन् । प्रथम श्रेणी सहसचिवमा पाँचसय ६२ जना जनशक्ति हुँदा महिला ३८ जना मात्रै छन् । महिलाको सहभागिता सुरुवाति चरणमा कम भएका कारण विशिष्ट तहमा पुग्नेको सङ्ख्या कम देखिन्छ ।
रुद्रादेवी र सीता जस्तै अहिले मुलुकभर ८९ हजार नौ सय ९३ निजामती कर्मचारीमध्ये २२ हजार एकसय १९ जना महिला छन् ।
२०६६/०६७ मा महिलालाई विशेष व्यवस्था गरिएपछि निजामती क्षेत्रमा महिलाको सहभागिता सङ्ख्यात्मक रूपले बढ्दै गए पनि पर्याप्त छैन ।
उच्च तहमा महिलाको सहभागिता नबढ्नुको कारण बारे बताउँदै पूर्व सचिव एवम लोक सेवा आयोगका सदस्य बिन्द्रा हाडाले निजामति क्षेत्रमा पहिलेदेखि सहभागिता कम भएका कारण अहिले धेरै सङ्ख्या नदेखिएको बताउनुभयो । उच्च पदमा पुग्नेको सङ्ख्या अझ बढी देखिन समय लाग्ने उहाँकाे भनाइ छ।
निजामती क्षेत्रमा बिशिष्ट श्रेणी अर्थात सचिव ६६ जना छन् । यो सङ्ख्यामा तीन जना मात्र महिला छन् ।
प्रथम श्रेणी सहसचिवमा पाँचसय ६२ जना जनशक्ति हुँदा महिला ३८ जना मात्रै छन् । महिलाको सहभागिता सुरुवाति चरणमा कम भएका कारण विशिष्ट तहमा पुग्नेको सङ्ख्या कम देखिन्छ ।
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५, ०९:०२