लकडाउनको ३६औँ दिन । २०७६ साल वैशाख १६ गते बिहान ९ बजेको समय ।
सीआईएनको सीधा सम्पर्क नम्बर ०१५२६०६६१ मा घण्टी बज्यो । आफू बसेको कुर्सीमा फोन तान्न नसकिने भएपछि उठेर डेस्क इन्चार्जको च्याम्वरमा रहेको फोन उठाएँ ।
‘नमस्ते, सीआईएन’ उताबाट जवाफ आयो, ‘नमस्ते सर, म मुस्कान विक बोलेको, म एक दृष्टिविहीन व्यक्ति हो । मेरो घर पातारासी गाउँपालिका जुम्ला हो । म अहिले ललितपुरको एकान्तकुनामा बस्दै आएको छु ।’
भन्नुपर्ने अझै सकिएको थिएन, ‘मसँगै एक जना अर्को साथी पनि कोठा लिएर बसेका छौँ । यसअघि एक पटक वडाले पाँच किलो चालम दिएको थियो, त्यो पनि सकियो । के गर्ने होला ? केही पहल गरेर मलाई सहयोग गरिदिनुस् न है । मैले हिजोसाँझदेखि केही पनि खान पाएको छैन ।’
पत्रकारको मन बलियो हुनुपर्छ भने पनि आखिर मनै त हो भावुक भैहाल्दो रहेछ । म पनि त्यसबाट चोखो रहन सकिनँ । अनि मैले उहाँको सबै जानकारी लिन चाहेँ । उहाँ बसेको ठाउँ, स्थानीय तह वडा सबै नोट गरेँ ।
यति गरेपछि मैले तत्काल दिनका लागि खासै जवाफ थिएन । ‘तपाईँ नआत्तिनुस’ भनेर सान्तवना दिएँ । उहाँलाई हाम्रो आईभीआर नम्बर ०१५२६०६४६ मा फोन गरेर आफ्नो समस्या रेडर्क गराउन आग्रह गरेँ ।
व्यस्तताका कारण यदि उहाँको समस्या बिर्सिएँ भने पनि आईभीआरमा रेकर्ड भयो भने सहकर्मी जोसुकै साथीहरूले पनि सुनेर सम्बन्धित निकायसँग बुझेर उहाँको समस्या समाधानका लागि पहल गर्नुहोला भन्ने अपेक्षा थियो । अनि उहाँलाई राहत दिलाउनका लागि पहल गर्ने प्रयास गर्ने वचन पनि दिएँ ।
मुस्कानले सायद मैले पहल गर्छु भनेको विस्वास गर्नुभएन । उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो, ‘यसअघि पनि मैले सीआइएनमा एक पटक फोन गरेको थिएँ । मेरो समस्या माधानका लागि पहल गर्नुभएन । तपाइ नि त्यसै गर्नुहुने हो कि ?’
‘सायद यसअघि फोन उठाउने सहकर्मी मित्र व्यस्त हुनुहुन्थ्यो होला । तपाइको नम्बर र नाम टिपे पनि काम गर्दा गर्दै विर्सिनुभयो होला । म तत्काल पहल गर्छु, तपाईँ चिन्ता नलिनुस् ल ।’ मैले जवाफ दिएँ ।
म साढे ११ बजेको सीआईएन बिशेष बुलेटिन तयार पार्दै थिएँ। एकातिर समाचार तयार पार्ने चटारो अर्कोतिर मुस्कानको समस्या समाधान गर्नेतिरको चिन्ता ।
समाचार तयार पार्ने कामलाई एकैछिन् थाँती राखेर मैले ललितपुर महानगरपालिकाको वेवसाइट खोलेँ ।
मुस्कान बस्ने वडा नम्बर १३ को वडा प्रोफाइल हेर्न खोजेँ, तर त्यहाँ वडा अध्यक्षको नम्बर र नाम नपाएपछि मैले ललितपुर महानगरपालिका कार्यालयका २९ वडामा कार्यरत वडा सचिव, कार्यालय सहयोगी र सामाजिक परिचालकको नामावली र फोन नं भेटेँ ।
वडा सचिवले यस्तो प्रतिबद्धता जनाइसकेपछि मुस्कानको हिजो साँझ पनि खाना नखाएको फोनबाट सुनेको शब्दको पीडा मेरो मनमा बिस्तारै कम हुँदै गयो । अनि मैले तुरुन्त मुस्कानलाई फोन गरेर वडाले राहत घरमै पुर्याउने जानकारी गराएँ । यति कुरा भएपछि मैले मुस्कानको स्पष्ट ठेगाना सोधेँ ।
१३ नम्बर वडा कार्यालयका वडा सचिव मणिराज बोगटीलाई सम्पर्क गरेर मुस्कान र उहाँको साथीको समस्या राखेँ । ‘हामीले पहिलो चरणमा राहत वितरण गरिसकेका छौँ र अब केही दिनपछि मात्र राहत वितरण गर्ने गछौँ ।’ वडा सचिव मणिराम बोगटीको जवाफ आयो ।
‘अर्को चरणमा राहत वितरण गर्नेभन्दा पनि हिजो साँझदेखि खान नपाएका व्यक्ति, त्यसैमा पनि दृष्टिविहीन व्यक्तिलाई त खाने व्यवस्था जसरी भए पनि गरिदिनुपर्यो ।’ मैले भनेँ ।
यति आग्रह गरेपछि उहाँले धेरैलाई त दिन नसकिने तर एकदुई जना मात्र समस्यामा परेका भए राहत उपलब्ध गराउने बताउनुभयो । यति भएपछि म केही ढुक्क भएँ ।
‘वडाले राहत उपलब्ध त गराउने भयो तर मुस्कान दृष्टिविहीन व्यक्ति, त्यसैमा लकडाउन छ । लिन पो कसरी जानुहुन्छ ? अनि पुर्याउने व्यवस्था वडाले गर्न सक्छ कि सक्दैन ?’ मेरो मनमा प्रश्न खडा भयो ।
त्यति नै बेला वडा सचिव बोगटीले प्रतिप्रश्न गरिहाल्नुभयो, ‘लकडाउन छ, दृष्टिविहीन व्यक्ति कसरी लिन आउने ? अनि कहाँ बस्नुहुन्छ ? कसरी पुर्याउने ? उहाँको र मेरो थोरै गन्थनमन्थन पछि उहाँले आफूलाई स्पष्ट ठेगाना भनेपछि घरमा नै पुर्याउन जाने वचन दिनुभयो ।
यति भएपछि म थप ढुक्क भएँ ।
वडा सचिवले यस्तो प्रतिबद्धता जनाइसकेपछि मुस्कानको हिजो साँझ पनि खाना नखाएको फोनबाट सुनेको शब्दको पीडा मेरो मनमा बिस्तारै कम हुँदै गयो । अनि मैले तुरुन्त मुस्कानलाई फोन गरेर वडाले राहत घरमै पुर्याउने जानकारी गराएँ । यति कुरा भएपछि मैले मुस्कानको स्पष्ट ठेगाना सोधेँ ।
सामान्य नागरिकलाई त काठमाण्डौँ उपत्यकाको ठाउँमा स्पष्ट ठेगाना भन्न र खोज्न अलमल पर्छ भने एउटा दृष्टिविहीन व्यक्तिलाई के सजिलो हुन्थ्यो र ।
उहाँले एकान्तकुना मात्र भन्नुभयो । मैले आफैँले पनि वडा सचिवलाई स्पष्ट ठेगनान बुझाउन नसक्ने भएपछि वडा सचिवको नाम र नम्बर दिएर आफैँ स्पष्ट ठेगाना भन्न लगाएँ ।
यति कुराकानी भएर फोन राख्ने तरखर के गरेको थिएँ, मुस्कानले अर्को समस्या दर्शाउनुभयो । ‘सर राहत त मिल्ने भयो, तर मिलेको खानेकुरा पकाउनका लागि मसँग ग्यास नै छैन । हिजो बिहान नै मसँग रहेको ग्यास पनि सकियो । यो समस्या पनि तपाईँले नै हल गरिदिनुपर्यो।”
फेरि मलाई अर्को सङ्कट आइलाग्यो । तर पनि मैले उहाँलाई सान्तवना दिँदै भनेँ । ‘ठीक छ, तपाईँको यो समस्या पनि समाधान गर्न पहल गर्नेछु । तपाईँ अहिले वडा सचिवलाई आफ्नो स्पष्ट ठेगाना बताउनुहोस् ।
मुस्कानले भन्नुभयो, “सर हजुरको पहलले गर्दा मैले आज भात खान पाउने भएँ । यहाँको सहयोगको म सँग बयान गर्ने कुनै शब्द छैन । यस्तै सहयोग म जस्ता कैयौ अफ्टयारोमा परेका नागरिकलाई गर्दै जानुहोला ।” म पनि खुसीले गदगद भएँ ।
उहाँले राहत पुर्याइदिनुहुन्छ । तपाईँलाई ग्यास उपलब्ध गराउनका लागि के पहल गर्न सकिन्छ म गरौँला ।’ यति भनिसकेपछि म फेरि समाचार तयार पार्नतिर लागेँ ।
यतिबेलासम्म बिहानको १० बजिसकेको थियो ।
समाचार तयार पार्दै थिएँ । अगाडि रहेको फोनमा घण्टी बज्यो । मैले फोन उठाएँ । ‘सीआइएन हो ।’ मैले जवाफ दिँदै भनेँ ‘हो हजुर ।’ ‘केशव भुल सरलाई पाउन सक्छु ?’ उताबाट प्रश्न आयो ।
मैले जवाफ दिँदै भने । ‘हजुर म केशव भुल बोल्दैछु ।’
थप भन्नुभयो । “म ललितपुर महानगरपालिका वडा नम्बर १३ को वडा सचिव मणिराज बोगटी बोलेको । तपाइले अघि कुरा गर्नुभएको दुर्ईजना दृष्टिविहीन व्यक्तिलाई हामीले १० केजी चामल, दाल तेल र नुन उहाँकै कोठामा पुर्याइदिएका छौँ । अहिलेलाई यति नै गर्न सक्यौँ हामीले, केही दिनलाई यसले टरिहाल्छ । बाँकी राहत दोस्रो चरणमा उपलब्ध गराउन मिलिहाल्छ । अनि उहाँहरूसँग कुराकानी गर्नुहुन्छ ?'
मैले जवाफ दिँदै भने । “हाम्रो आग्रहलाई स्वीकारेर दुई जना दृष्टिविहिन व्यक्तिलाई घरमै पुगेर राहत उपलब्ध गराइदिनुभयो । तपाईँलाई धेरै धेरै धन्यवाद ।” उहाँले पनि जानकारी गराइदिएकोमा धन्वाद दिनुभयो ।
एकैछिनपछि समाचार कक्षको नम्बरमा मुस्कानको फोन आयो ।
उहाँले खुसी व्यक्त गर्दै भन्नुभयो, ‘राहत उपलब्ध गराएकोमा हजुरलाई धेरै धेरै धन्वयाद छ सर । खानेकुरा त पाएँ अब पकाएर पो कसरी खाने सर हजुरले यति गरिदिनुभयो ।’
‘तपाइ नआत्तिनुस् तपाईँ आज खाना जसरी पनि पकाएर खाने वातावरण म सिर्जना गर्छु ।” मैले यति भनेर फोन राखेँ ।
अब के गर्ने होला भनेर सोचिरहेको थिएँ । यति नै बेला मैले राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष मित्रलाल शर्मालाई सम्झिएँ । उहाँसँग पुरानै चिनजान र यसअघि पनि अपाङ्गता भएका व्यक्तिका बारेमा धेरै पटक छलफल, अन्तर्वार्ता तथा भलाकुसारी हुने गरेकाले उहाँलाई मैले मोबाइलबाट सीधै फोन गरेर मुस्कानको समस्या बताएँ ।
भने, ‘यो समस्या हल गर्न सकिएला त ?’
स्थानीय तहमा आफ्नो समस्या राख्न भनेपछि उहाँहरूले आफूले राखे पनि राहत नपाएको दुखेसो गर्दै सीआईएनले आफ्ना तनहुमा रहेका साथीहरूको समस्या समाधान गरेकाले आफ्नो पनि गरिदिन आग्रह गर्नुभयो ।
राष्ट्रिय अपाङ्ग महासँघका अध्यक्ष मित्रलाल शर्माले हाँस्दै भन्नुभयो । “मैले हल गर्न सकिन भने त तपाईँले पनि टेर्न छोडिहाल्नुहुन्छ नि ? ’ यस्तो भनेपछि हामी दुवै जना हाँस्यौ ।
“समस्यामा परेका अपाङ्गताको क्षेत्रमा सहयोग गर्दै आउनुभएका सुर्य थापा ललितपुर क्षेत्रमा नै क्रियाशिल हुनुहुन्छ ? ९८५१२४९३८० उहाँको नम्बर हो । यो नम्बरमा समस्यामा परेका साथीहरूलाई सम्पर्क गर्न लगाउनुहोस् । उहाँले यस्ता समस्यामा परेका व्यक्तिलाई पाँच हजार जति रुपैयाँ उपलब्ध गराइरहनुभएको छ ।” उहाँले भन्नुभयो ।
यति भनेपछि उहाँको र मेरो टेलिफोन संवाद सकियो ।
राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष मित्रलाल शर्माले भने जसरी नै मैले मुस्कानलाई सम्पर्क गर्न भने । उहाँले पनि हुन्छ भन्ने वचन दिनुभयो ।
त्यसपछि साढे ११ को समाचार बुलेटिन पढेर खाना खाने हाम्रो समय तालिका थियो । म र सहकर्मी स्नेहा कर्ण समाचार पढेर फर्कियौँ । सबैजना खाना खान हिडिउँ तर मेरो मनमा भने एउटै कुरा खड्किरह्यो ।
‘हिजोसाँझदेखि मैले खाना खान पाएको छैन । हजुरले जसरी पनि हामीलाई खाना खाने व्यवस्था मिलाइ दिनपर्यो ।’ मुस्कान विकले अघि फोनमा भनेको कुरा सम्झिरहेँ ।
केही समयको अन्तरमा फोनको घण्टी बज्यो ।
मुस्कान कै होला कि भनेर मैले पहिलो घण्टीमा नै फोन उठाएँ । उताबाट मुस्कानले भन्नुभयो, “सर हजुरको पहलले गर्दा मैले आज भात खान पाउने भएँ । यहाँको सहयोगको म सँग बयान गर्ने कुनै शब्द छैन । यस्तै सहयोग म जस्ता कैयौ अफ्टयारोमा परेका नागरिकलाई गर्दै जानुहोला ।” म पनि खुसीले गदगद भएँ ।
लकडाउन सुरु भएको एक साताको बीचमा होला ।
वडा सदस्यले भनेजसरी नै दोस्रो दिन उनीहरू राहत लिएर बाटोबाटै फर्किदै गर्दा सीआइएनमा फोन गरेर खुसी व्यक्त गर्दै धन्यवाद दिँदै गए । यतिमात्र होइन, एक दिन अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर एक स्थायी ठेगाना बताउने नविन ढकालले पनि सीआईएनमा फोन गरेर सीआईएनको पहलमा धेरैले राहत पाएको कुरा सुनाउनुभयो ।
तनहुको व्यास नगरपालिकामा जुम्ला र कालिकोटका गरी तीनजनाले खान नपाएर समस्यामा परेको भन्दै प्रदीप विश्वकर्माले सीआईएनमा फोन गर्नुभयो ।
मैले उहाँहरू दुवैजनालाई नआत्तिएर जहाँ हुनुहुन्छ, त्यतै बस्न आग्रह गर्दै उहाँहरू बसेको स्पष्ट ठेगाना र सम्पर्क नम्बर मागेँ । उहाँहरूले दिएको जानकारी अनुसार तनहुको व्यास नगरपालिका वडा नम्बर तीन दमौलीमा खान नपाएर अफ्टयारोमा पर्नुभएको रहेछ ।
घुमन्ते रूपमा कपडाको व्यापार गर्दै आउनुभएका उहाँहरू लकडाउनका कारण अफ्टयारोमा पर्नुभएको थियो ।
मैले उहाँहरू रहेको वडा नम्बर तीनका अध्यक्ष प्रेमकुमार श्रेष्ठसँग कुराकानी गरेपछि उहाँहरूले पछिल्लो दिन राहत लिएर फर्किएको सीआईएनमा फोन गरेर जानकारी गराउनुभएको थियो ।
तनहुँमा नै अफ्टयारोमा परेका व्यक्तिका साथी पोखरामा पनि यस्तै घुमन्ते रूपमा कपडाको व्यापार गर्ने रहेछन् । उनीहरूले पनि आफूहरू समस्यामा परेको साथीलाई सुनाएपछि उनीहरूले यो समस्याको समाधान सिआइएनले गर्छ भनेर भन्नुभएछ ।
त्यसको केही दिनपछि फेरि सीआईएनमा पोखरा महानगरपालिकाको वडा नम्ब ९ मा आफू अलपत्र पर्दा खानसमेत नपाएको गुनासो सीआईएनमा गर्नुभयो ।
उहाँलाई त्यहाँ रहेको स्थानीय तहमा आफ्नो समस्या राख्न भनेपछि उहाँहरूले आफूले राखे पनि राहत नपाएको दुखेसो गर्दै सीआईएनले आफ्ना तनहुमा रहेका साथीहरूको समस्या समाधान गरेकाले आफ्नो पनि गरिदिन आग्रह गर्नुभयो ।
उहाँले त्यति भनेपछि मैले वडा अध्यक्ष रामराज लामिछानेलाई सम्पर्क गरेर उहाँहरूको यथार्त विवरण बताएँ । वडा अध्यक्ष रामराज लामिछानेले पनि आफ्नो सम्पर्कमा आउन आग्रह गर्नुभयो । अर्को दिन साँझ आफूले राहत पाएको फोन गरेर सीआईएनलाई जानकारी दिनुभयो ।
सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले त झनै धेरै यस्ता समस्यामा परेका नागरिकका समस्या सम्बन्धित निकायसम्म पुर्याएर समाधान धेरै सङ्ख्यामा गरेको छ । तथ्याङ्क निकाल्दा त्यो हजारौँ पुग्न सक्छ ।
यतिमात्र होइन, केही दिन अघि नै बालाजु बसपार्कबाट दीलबहादुर बिकले आफूलगायत पाँचजना श्रमिक कोठामा खानेकुरा सकिएर अफ्ठ्यारोमा परेको सीआईएनमा फोन गरेर सुनाउनुभयो । उहाँलाई पनि पनि सीधै स्थानीय तहको वडा कार्यालयमा सम्पर्क गर्न सुझाव दिएँ । तर उहाँहरूले त्यहाँ गएर आफ्नो कुराको सुनुवाइ नभएको र आफूले राहत नपाएको दुखेसो सुनाउनुभयो ।
त्यसपछि मैले काठमाण्डौ महानगरपालिकाका प्रवक्ता एवम वडा नम्बर १५ का अध्यक्ष इश्वरमान डङ्गोलसँग सम्पर्क गरेर बालाजुको वडा नम्बर पत्ता लगाइ सम्बन्धित वडाको दलित महिला सदस्य समक्ष उनीहरूको समस्या दर्शाएँ ।
ती समस्यामा परेका सबैजसो व्यक्ति दलित समुदायका नै भएकाले मैले दलित समुदायको प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई भनेपछि उहाँले भोलि वडा कार्यालयमा आउन भन्नुभयो ।
वडा सदस्यले भनेजसरी नै दोस्रो दिन उनीहरू राहत लिएर बाटोबाटै फर्किदै गर्दा सीआइएनमा फोन गरेर खुसी व्यक्त गर्दै धन्यवाद दिँदै गए । यतिमात्र होइन, एक दिन अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर एक स्थायी ठेगाना बताउने नविन ढकालले पनि सीआईएनमा फोन गरेर सीआईएनको पहलमा धेरैले राहत पाएको कुरा सुनाउनुभयो ।
“म पनि दैनीक ज्यालादारी गर्ने मजदुर हो मेरो पनि आजभोलि काम सबै रोकिएको छ । काम नै रोकिएपछि पैसा आउन छोडेको छ । त्यसैले अब साँझबाट के खाने भन्ने चिन्ताले सताउन थालेको छ । सीआईएनले धेरैका समस्या समाधान गरेको मैले सुनेको छु । मेरो समस्या पनि समाधान गरिदिनुपर्यो हजुर ।”
उहाँको समस्यामा पनि सम्बन्धित वडा अध्यक्षलाई फोन गरेर आग्रह गरेपछि राहत पाउन सफल हुनुभयो ।
सीधै नागरिकका गुनासा जनप्रतिनिधि एवं नजिकको सरकारले सुनेर सार्वजनिक नभइकन समाधान हुने दिन आउनका लागि अझैँ हामीले कति समय कुर्नुपर्ने हो ?
संयोग नै भन्नुपर्छ यस्ता खालका विभिन्न समस्या परेका व्यक्तिको फोन गर्ने समय र मैले नै डेस्कमा बसेका बेला उठाउने मौका धेरैपटक जुर्यो, अनि समाचार मात्र बनाउने धर्म बिर्सेर मैले उनीहरूलाई राहत उपलब्ध गराउनका लागि सहयोग गर्ने मौका पाएँ ।
सायद यसरी समस्यामा परेका व्यक्तिलाई सहयोग गर्ने मौका अरुले पनि पाउनुभयो होला । मैले भने यो लकडाउनको बेला यति गर्न पाएँ ।
चैत ११ गतेदेखि सुरु भएको लकडाउनको अवधिमा यस्तो धेरे दैनिक ज्यालादारी गर्ने मजदुर, असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई मैले व्यक्तिगत तथा संस्थागत पहलमा राहत उपलब्ध गराउन सफल भएको छु ।
सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले त झनै धेरै यस्ता समस्यामा परेका नागरिकका समस्या सम्बन्धित निकायसम्म पुर्याएर समाधान धेरै सङ्ख्यामा गरेको छ । तथ्याङ्क निकाल्दा त्यो हजारौँ पुग्न सक्छ ।
लकडाउनको अवधिमा दैनिक रूपमा सीआईएनको हटलाइन, टोल फ्री तथा आइभिआर नम्बरमा आउने गुनासा र समस्या सैयौँ छन् । ती समस्याको समाधान ‘हेलो सीआइएन’, हरेक बुलेटिनको समाचार, रिपोर्ट तथा अन्तरवार्ताबाट पनि भइरहेको छ । धेरैजसोको समस्याको समाधान त समाचार कक्षमा रहनुभएका साथीहरूले गर्दै आउनुभएको छ ।
सैयौँ गुनासा आइभिआरमा रेकर्ड भएका छन् भने सैयौँ गुनासा सबन्धित निकायसँग सुनाएर समाधान गरिएका छन् । तर अन्तिममा एउटा कुरा के भन्न मन लाग्यो भने, श्रमिक, असहाय तथा अफ्ठ्यारोमा परेकाका नागरिकका समस्या स्थानीय सरकार तथा जनप्रतिनिधिले सहजै किन सुन्दैनन ? उनीहरूका समस्या पत्रकार, सरोकारवाला, अधिकारकर्मी तथा माथिल्लो निकायले भनेर मात्र समाधानोन्मुख हुन्छन् ?
सीधै नागरिकका गुनासा जनप्रतिनिधि एवं नजिकको सरकारले सुनेर सार्वजनिक नभइकन समाधान हुने दिन आउनका लागि अझैँ हामीले कति समय कुर्नुपर्ने हो ?
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७, १५:१४