काठमाडौँ । सङ्घीय संसदको वजेट अधिवेशन वैशाख २६ गतेका लागि बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले वजेट अधिवेशन आज आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
वजेट अधिवेश आह्वानका लागि सरकारले आज राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी सङ्घीय संसदको अधिवेशन आह्वान भएको हो ।
आजको मन्त्रिपरिषद् बैठकले वजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । वजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, वजेट प्रस्तुत गर्ने र पारित गर्ने गरिन्छ ।
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७, १५:२२