काठमाडौँ । नेपालमा नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ सङ्क्रमितको सङ्ख्या ६९ पुगेको छ ।
आज एकैदिन १० जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । बाँकेको नेपालगञ्जमा ९ र वीरगञ्जमा १ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
सङ्क्रमित ९ मा ५ पुरुष र ४ जना महिला छन् र उनीहरु ७ देखि ५८ वर्ष उमेर समूहका रहेको देवकोटाले बताउनुभयो । नेपालगञ्जमा यसअघि एकजनामा कोरोना सङ्क्रमण देखिएको थियो ।
आजै वीरगञ्जमा पनि थप एकजनामा कोरोना पुष्टि भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना फेला परेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७, १६:४३