बारा । नारायणी अस्पतालबाट कोरोनाको उपचारपछी निको भएर घर फर्किएका दुई जनालाई पुनः अस्पताल भर्ना गरिएको छ ।
गत बैशाख १४ गते एकैसाथ डिस्चार्ज गरिएका रौतहटका १९ वर्षिय युवक र वीरगञ्जको छपकैयास्थित मस्जीदमा बस्दै आएका एक भारतीय जमातीको स्वास्थ्यमा समस्या देखिएपछि दुवैजनालाई पुनः अस्पताल भर्ना गरिएको प्रदेश २ को सामाजीक विकास मन्त्रालयका प्रवक्ता, रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
उनीहरूमा कोरोना सङ्क्रमणको जस्तै लक्षण देखिन थालेपपछि पुनः नारायणी अस्पतालको आईसोलेसनमा राखी स्वाब परीक्षणका लागि काठमाण्डौँ पठाइएको प्रवक्ता घिमिरेले आज नियमित मिडिया ब्रिफिङका क्रममा जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७, १८:५५