तुलसीपुर, दाङ । तुलसीपुरमा रहेको सामुदायिक रेडियो तुलसीपुरले भारतको नयाँ दिल्लीमा भएको नृत्य प्रतियोगितामा नेपालको तर्फबाट भाग लिएको छ ।
भारतको नयाँ दिल्लीमा दोस्रो एबीयू अन्तराष्ट्रिय फेस्टिभलमा नेपालको तर्फबाट रेडियो तुलसीपुरले भाग लिएको रेडियो तुलसीपुरका स्टेसन म्यानेजर अर्जुन गिरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपालसँगै विश्वभरका ११ देशका समूहले भाग लिने भएका छन् । प्रतियोगीतामा भाग लिन नृत्य निर्देशक विकास घलेको टोलि दिल्ली पुगेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेलको पनि सहभागिता छ । भारतीय टेलिभिजन दुरदर्शनले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरेको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५, २१:४१