काठमाडौँ । सङ्घीय संसदको महासचिवमा डा. भरतराज गौतम नियुक्त हनुभएको छ ।
आज राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई महासचिवमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।
सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सचिवालयका सचिव गौतमलाई महासचिव नियुक्त गर्न आजै राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको थियो ।
कास्की लामाचौर घर भएका गौतम सङ्घीय संदमा सचिवालय सचिव हुनुहुन्थ्यो । मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि गत चैत २ देखि संसद सचिवालयका सचिव गोपालनाथ योगीले कार्यवाहक महासचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७, १८:२१