काठमाडौँ । इथियोपियाको एडिस अबाबाबाट केन्याको नैरोबिका लागि उडेको इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा सवार सबै यात्रुको मृत्यु भएको छ।
जहाजमा १ सय ४९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी जम्मा १ सय ५७ जना थिए र उनीहरु सबैको मृत्यु भएको एयरलाइन्सले पुष्टि गरेको छ ।
एयरलाइन्सको बोइङ ७३७ जहाज इथियोपियाको एडिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको जहाज दुर्घटनामा परी सबै यात्रुको निधन भएको पुष्टि गरेको छ।
स्थानीय समय अनुसार ८ बजेर ३८ मिनेटमा उडेको जहाज पछिल्लो पटक ८ बजेर ४४ मिनेटमा सम्पर्कमा आएको थियो।
उडान भएको केही क्षणमा नै जहाज दुर्घटना भएको थियो। 'एडिस अबाबाबाट केन्याको नैरोबीका लागि उडेको जहाज दुर्घटनामा परी सबै यात्रुको निधन भएको छ,' एयरलाइन्सले उल्लेख गरेको छ।
इथियोपियाका प्रधानमन्त्री अविय अहमदले दुर्घटनमा परी निधन भएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ट्विट गरेका छन्। एयरलाइन्सले उद्धार जारी रहेको बताएको छ।
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५