काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्कता, आफ्नो तयारी र रोकथाममा सम्झदारीपूर्ण ऐक्यबद्धता नभएमा नेपालमा कोरोनाले महामारीको रुप लिन सक्ने बताउनुभएको छ ।
बुद्ध जयन्तीको अवसरमा एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा पुर्याएको टिप्पणी गर्नुभएको छ ।
रोल्पामा बम विष्फोटमा ज्यान गुमाएका बालबालिकाप्रति उहाँले श्रद्धासुमन अर्पण गर्नुभएको छ ।
ओलीले शान्तिको कामना गर्न र कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयंसेवीहरु, सहयोगीहरुप्रति ऐक्यबद्धता जनाउन आ–आफ्ना संस्था, घर र निवासहरुमा आज साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न अनुरोधसमेत गर्नुभएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७, १३:०३