काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका १८ का शान्ता गौतम ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा काम गर्नुहुन्छ ।
सरकारले लकडाउन अर्था बन्दाबन्दीको घोषणा गर्नु दुई दिनअघि उहाँ आफ्नो घरमा पुग्नुभएको थियो । होटल ६ महिना बन्द हुने भएपछि उहाँ चिन्तामा हुनुहुन्छ । उहाँले दुखेसो गर्दै भन्नुभयो ।
‘होटल एशोसिएसन नेपालले ६ महिना होटल बन्द गर्ने निर्णय गरेको सुन्दा साह्रै चिन्ता थपिएको छ । यसले त मलाई ठूलै धक्का लाग्ने भयो । बालबच्चा पढाउनदेखि कोठाभाडा तिर्नसम्म सबै मेरो यसैबाट चलिरहेको थियो । यो निर्णयका विषयमा मैले त के भन्नु र होटल मजदुरका नेताले केही निर्णय गर्नुहोला नि !'
बनेपा नगरपालिका ५ काभ्रेपलाञ्चोकका कृष्ण श्रेष्ठ २० वर्षदेखि काठमाडौँको चुच्चेपाटीस्थित हयात होटलमा काम गर्दै आउनुभएको छ ।
होटल व्यवसायी सबैसँग छलफल गरेर अरु कुनै विकल्प नै नभएपछि संस्था बचाउनका लागि भए पनि ६ महिनाका लागि होटल बन्द गर्नुपर्ने निष्कर्षमा पुगिएको उहाँको भनाइ छ ।
तर एकाबिहानै ६ महिना होटल बन्द हुने निर्णय सुनेपछि उहाँ आत्तिनुभएको छ ।
उहाँले भन्नुभयो,‘यस्तो कुरा सुन्नेबित्तिकै मैले हाम्रो होटलका युनियनका साथीहरूलाई फोन गरे कसैले पनि उठाउनु भएन । यस्तो निर्णय गर्नु राम्रो होइन । यदि साँच्चीकै यस्तै निर्णय भएको भए त हामी बर्वादै हुन्छौँ । कसरी बालबच्चा पाल्ने ? २० वर्ष भयो, यसै होटलमा काम गर्न थालेको । मेरा लागि अरु कुनै विकल्पै छैन ।’
यही वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले होटलमा कार्यरत मजदुरको बन्दाबन्दी अवधिभरिको तलबमध्ये ५० प्रतिशत रकम तुरुन्तै भुक्तानी गर्नुपर्ने र बाँकी ५० प्रतिशतका लागि बैँकबाट सहुलियत ब्याजदरमा ऋण लिन सक्ने निर्णय गरेको थियो ।
तर निर्णय सार्वजनिक भएको दोस्रो दिनमै होटल व्यसायी सङ्घले बैठक बसेर असोज मसान्तसम्म होटल बन्द गर्ने निर्णय गरिसकेको छ ।
होटल व्यवसायी सङ्घ नेपालका अनुसार एकतारेदेखि पाँच तारेसम्म एक सय २९ र बाँकी पर्यटकलाई केन्द्रीत गरी मुलुकभरमा ४ हजार होटल सञ्चालनमा छन् ।
नेपालको होटल व्यवसाय अन्तर्राट्रिय सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएदेखि नै एक रुपैयाँ पनि आम्दानी नभएकाले बन्द गर्ने निर्णयमा पुग्नुपरेको होटल सङ्घ नेपालका अध्यक्ष सिर्जना राणाले बताउनुभयो ।
होटल व्यवसायी सबैसँग छलफल गरेर अरु कुनै विकल्प नै नभएपछि संस्था बचाउनका लागि भए पनि ६ महिनाका लागि होटल बन्द गर्नुपर्ने निष्कर्षमा पुगिएको उहाँको भनाइ छ ।
सङ्घले कर्मचारीलाई ६ महिनासमम्म आधारभूत तलबको १२ दशमलव पाँच प्रतिशतका दरले हुन आउने रकम मात्रै दिने निर्णय गरेको छ । यदि १५ हजार न्यूनतम तलब छ भने जम्मा १८ सयमात्रै पाउनेछन ।
ठूलो होटलका विषयमा अहिले नै विभागले केही भन्न नसक्ने पर्यटन विभागका निर्देशक एवम सूचना अधिकारी सुरेन्द्र थापाले बताउनुभयो ।
थापाका अनुसार यस विषयमा विभागको ध्यानाकर्षण भइसकेको छ भने यसमा अध्ययन गरेर विभागले आवश्यक निर्णय लिने लिनेछ ।
यी होटलमा प्रत्यक्ष रूपमा दुई लाख श्रमिक आबद्ध भए पनि अप्रत्यक्ष रूपमा गरेर ८ लाख श्रमिक काम गरिरहेका छन् । मुलुकभरका ठूला होटल ६ महिना बन्द हुने भएपछि हजारौँ कर्मचारीको जागिर गुम्ने निश्चित भएको छ ।
श्रमिकका विषयमा सोच्नुपर्ने श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले होटल व्यवसायमा कार्यरत श्रमिकका विषयमा के सोचेको छ ?
सीआईएनको प्रश्नमा मन्त्रालयका सहसचिव एवम प्रवक्ता सुमन घिमिरेले भन्नुभयो । ‘होटल व्यवसायीलाई कर तिर्नमा छुट दिइएको छ । सहुलियत कर्जा लिनका लागि सहज बनाइएको छ । कि ति होटल व्यवसायीले राज्यले दिएको सेवा सुविधा नलिने घोषणा गर्नुपर्यो । होइन भने आफ्नो होटल व्यवसायमा कार्यरत कर्मचारीको समस्या पनि त मनन गर्नुपर्यो नि । त्यसैले सबै पक्षले आफ्ना समस्या मात्र नभएर सबै क्षेत्रका समस्यालाई मानवीय दृष्टिकोणबाट हेर्न जरुरी छ ।'
होटल व्यवसायी सङ्घ नेपालका अनुसार एकतारेदेखि पाँच तारेसम्म एक सय २९ र बाँकी पर्यटकलाई केन्द्रीत गरी मुलुकभरमा ४ हजार होटल सञ्चालनमा छन् ।
यी होटलमा प्रत्यक्ष रूपमा दुई लाख श्रमिक आबद्ध भए पनि अप्रत्यक्ष रूपमा गरेर ८ लाख श्रमिक काम गरिरहेका छन् । मुलुकभरका ठूला होटल ६ महिना बन्द हुने भएपछि हजारौँ कर्मचारीको जागिर गुम्ने निश्चित भएको छ ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७, १५:४६