काठमाडौँ । नेपालगञ्जमा थप एकजनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर जाँचमा आज १६ वर्षका एक किशोरमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योेसँगै नेपालमा नोबेल कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १ सय २ पुगेको छ । मन्त्रालयको नियमित प्रेस जानकारीको क्रममा प्रवक्ता डा विकास देवकोटाले हालसम्म नेपालमा १५ हजार ४ सय ९२ पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको जानकारी दिनुभयो ।
उहाँले हालसम्म नेपालमा १५ हजारभन्दा बढी मानिसहरु क्वारेन्टाइनमा रहेको भन्दै संक्रमित सबैको स्वास्थ्य सामान्य रहेको बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७, १७:०२