गोबिन्द तिमिल्सिना, रेडियो हेमजा, कास्की
दसौँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को तयारी तीब्र पारिएको छ । चैतको अन्तिम साता हुने महोत्सवको तयारीस्वरुप किसान सबै आआफ्नो बारीको आलु स्याहार्न व्यस्त भएको आयोजक विष्णुपादुका युवा क्लब हेमजाले जनाएको छ ।
‘सुन्दर ठाँउ, हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ सञ्चालन हुने महोत्सव २०७५ चैत २२ देखि २०७६ बैशाख १ गतेसम्म विष्णुपादुका खेल मैदानमा हुनेछ ।
हेमजाका किसान आलु खन्न व्यस्त छन् । किसानले दुःखकासाथ आलु उत्पादन गरे पनि उचित मूल्य नपाएको गुनासो उनीहरूको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५