यतिबेला गायक पशुपति शर्माको एउटा गीत निकै सार्थक लागेको छ । ‘सुतीसुती खान्छु भन्दा पनि डाँढ दुखेर मार्यो ...’ साँच्चै अहिले सम्पूर्ण नेपालीको दैनिकी यही गीतसँग मिल्दोजुल्दो भएको छ ।
यसो घडितिर आँखा घुमाएर हेर्दा बिहानको ठिक १०ः१५ भएछ । अहो ! कस्तो संयोग अरुबेला हुँदो हो त सायद सबैलाई यतिबेला अफिस पुग्नको हतार या भनौ पिक आवर । सबैलाई यतिबेला आआफ्नो काममा जानको हतार हुन्थ्यो ।
यो समयमा अफिसमा चहलपहल सुरु, अस्पतालतिर बिरामीको लाइन, बैँकतिर उस्तै लाइन । व्यापारीहरू आफ्नो दिनभरको व्यापारको तयारीमा । भनौँ सबै क्षेत्रमा १० बजेपछि छुट्टै खालको चहलपहल ।
यसो सोचेँ कस्तो समय नै उल्टो पो चलेछ क्यार ! ती सम्पूर्ण गतिविधि त कल्पना जस्तो पो लाग्न थाल्यो । सधैँ हतार हुने मलाई अहिले कुनै हतारो छैन । यतिबेला कुन समयमा के गर्ने, मेरो कुनै योजना नै छैन ।
साँच्ची भन्नुपर्दा अहिले मलाई न समय न त मिती नै याद छ । यसो कहिलेकाहीँ आज कति पो गते भन्ने सम्झिन्छु अनि पात्रोतिर आँखा डुलाउँछु । नभए मलाई समय मितिको पर्वाह नै छैन भन्दा फरक नपर्ला ।
अनि मौसम उस्तै वैशाखको अन्त्य हुन लागेको समय तर लाग्छ काठमाण्डाँैमा जाडो महिना सकिएकै छैन । सुन्छु तराईतिर पनि उस्तै छ । मौसम विभागले पनि यतिबेला बेमौसमी वर्षा भइरहेको बताएको छ ।
आज निकै दिन भो आकास नखुलेको । दैनिक रूपमा वर्षा भइरहेको छ । कताकता लाग्छ आकासले पनि हाम्रो पीडामा रोएको पो हो कि ?
कोभिड १९ का कारण नेपाल सरकारले गरेको लकडाउन अर्थात बन्दाबन्दीको ४६ औँ दिन । जसरी मौसम धुम्म परेको छ ,हाम्रो दैनिकी त्यस्तै बन्दै गएको छ ।
सुतेर पनि थाक्ने अवस्था आउने रहेछ । लकडाउनका सुरुसुरुका दिनमा सामाजिक सञ्जालमा घरमा रमाइलो गर्ने, खाना बनाउने गरेका गतिविधि निकै देखिन्थे तर विस्तारै ती गतिविधिमा कमि भएको महसुस मलाई भएको छ । हुन पनि हो, चिनी पनि धेरै खायो भने तीतो हुन्छ भन्छन् ।
हुन त नेपाल सरकारले अस्तिदेखि ४४ किसिमका उद्योगधन्दा खोल्न अनुमति दिएको छ । तर लकडाउन भने कायमै छ । सामाजिक गतिविधि ठप्प छन् ।
सरकारी कार्यालयमा आफ्ना अत्यावश्यक काम भएका सेवाग्राही आफ्ना कामपछि गरौँला भनेर बसेका छन्, सामान्य रूपमा भएका बिरामीहरू अस्पताल खुलेपछि जाउँला भन्ने सोच्दै बिमार दबाएर बसेका छन् ।
हो यसरी नै सम्पूर्ण काम थाती राखेर घरको चार दिवारभित्र गुम्सिनु परेको छ ।
सानादेखि ठूलासम्म गरिखाने वर्गको पीडा आआफ्नै छन् । यसरी बुझौँ, सम्पूर्ण क्षेत्र शूुन्य प्रायः छ । सबै जना आआफ्नो घरमा दिन कटाउन वाध्य छन् । हो मैले सुरुवात मै भनेको कुरासँग जोड्न मन लाग्यो ।
एक दिन, दुई दिन अथवा हप्ता दिनसम्म हुँदो हो त विदा पनि थकान मार्ने किसिमको लाग्थ्यो । यतिबेला त ४५ दिनसम्म घरमा देनिकी नै सुत्नेउठ्ने, खानेबस्ने भएपछि समय अत्यासिलो हुने रहेछ ।
सुतेर पनि थाक्ने अवस्था आउने रहेछ । लकडाउनका सुरुसुरुका दिनमा सामाजिक सञ्जालमा घरमा रमाइलो गर्ने, खाना बनाउने गरेका गतिविधि निकै देखिन्थे तर विस्तारै ती गतिविधिमा कमि भएको महसुस मलाई भएको छ । हुन पनि हो, चिनी पनि धेरै खायो भने तीतो हुन्छ भन्छन् । सायद त्यही भएको होला ।
जबजब लकडाउन थपिदै गएको छ, तबतब सबैलाई एकखालको भविष्यको चिन्ताले सताउन थालेको छ । उता वैज्ञानिकहरूका अनुसार विश्वभर कोभिड १९ का कारण मानवीय गतिविधिमा भएको असर प्रकृतिमा भने सकारात्मक रूपमा परेको छ ।
कहिले होला हामीले त्यही व्यस्त जीवन जिउने ? विद्यालय जाने बालबालिका घरमा छन्, बिरामीले जचाउन जाने अवस्था छैन, जागिरे काममा जान पाएका छैनन् , साथीभाइ आफन्तसँग फोन र म्यासेजमा मात्र कुरा हुन्छ ।
यता मानव जातिलाई कोभिड १९ ले घरभित्र बस्न वाध्य पारे पनि प्रकृतिले भने यतिबेला विश्राम पाएको छ ।
अस्ति काम विशेषले काठमाण्डौँको न्यूरोड पुग्नु परेको थियो । काठमाण्डौँको मुख्य व्यापारिक केन्द्र न्यूरोड जहाँ दैनिक करोडौँको कारोबार हुने गर्छ । त्यो क्षेत्र शुन्य थियो ।
न्यूरोडको पार्किड्ढ स्थलमा कुकुरहरु आराम गरिरहेका थिए । सवारीसाधनको चाप थेगिनसक्नु हुने न्यूरोडका सडकमा सुरक्षाकर्मी मात्र देखिन्थे ।
दैनिक लाखौँ कारोबार गर्ने न्यूरोडका पसलमा ठूलाठूला ताल्चा लागेका थिए । त्यस्तो चहलपहल हुने न्यूरोड लाग्दथ्यो अहिले कुनै शोकमा छ । यता न्यूरोडसँगै रहेको असन बजार लाग्दथ्यो लकडाउन खुल्ने पर्खाइमा छ । असनमा ग्राहकलाई चिच्याइचिच्याइ बोलाउने आवाज अहिले घरभित्र थुनिएका छन् ।
किनमेलका लागि ठेलमठेल भिड हुने असन क्षेत्रमा एकााध मानिस मुखमा मास्क लगाएर हिडेका देखिन्थे ती पनि सायद अत्यावश्यक कामले हिडेका होलान् ।
यता बिस्तारै अगाडि बढ्दै आउँदा काठमाण्डौँको आकर्षण बोकेको ठमेल निदाइरहेको छ । लाग्छ उसलाई अहिले कुनै हतार छैन ।
बिहानैदेखि पर्यटकलाई आर्कषित गर्न ठमेलका चोक, गल्लिमा खोलिने विभिन्न खालका पसल बिरामी परेको महसुस हुन्थ्यो । बिहानैदेखि चहलपहल सुरु हुने ठमेलका होटल, रेष्टुरा दिक्क मानेर बसेछन् कि क्या हो ? हो काठमाण्डौैँको यी क्षेत्रमा घुम्दा मेरो मनमा यस्तै अनेक तर्कना आइ नै रहे ।
अब त टेलिभिजन र रेडियोमा कोरोनाको समाचार पनि कति सुन्नु र हेर्नु ? दिक्क पो लाग्न थाल्यो । प्रतिक्षा छ त केवल देश सङ्कटकालबाट पार लागोस्, दैनिक गतिविधि सामान्य बनुन् । सरकारले गरेको जेठ ५ गतेसम्मको लकडाउन अझ नलम्बीयोस् । कामना गरौँ ।
दैनिक व्यस्त जीवनबाट दिक्क हुदा लाग्थ्यो विदा आइदिए पनि त हुन्थ्यो । तर यसपालीको विदा साँच्चै नमीठो पो लाग्यो । या भनौँ कलाकार पशुपति शर्माको गीत जस्तो सुतीसुती खान्छु भन्दा पनि ढाड दुखेर मार्यो ।
साँच्चै मनमा एक प्रकारको डर पो आउन थाल्यो कहिले होला हाम्रो दैनिकी पहिले जस्तो सामान्य बन्ने ?
कहिले होला हामीले त्यही व्यस्त जीवन जिउने ? विद्यालय जाने बालबालिका घरमा छन्, बिरामीले जचाउन जाने अवस्था छैन, जागिरे काममा जान पाएका छैनन् , साथीभाइ आफन्तसँग फोन र म्यासेजमा मात्र कुरा हुन्छ ।
सुत्ने, उठ्ने समयको ठेगान नै छैन । सामाजिक गतिविधि पुरै उल्टो लागिरहेको छ । चरणचरणमा गरी सरकारले आउने जेठ ५ सम्मका लागि लकडाउनको अवधि थप गरेको छ । सरकारका पनि आफ्नै वाध्यता र परिस्थिति होलान् तर पनि भन्न मन छ अब त अति भएन र सरकार ?
अब त टेलिभिजन र रेडियोमा कोरोनाको समाचार पनि कति सुन्नु र हेर्नु ? दिक्क पो लाग्न थाल्यो । प्रतिक्षा छ त केवल देश सङ्कटकालबाट पार लागोस्, दैनिक गतिविधि सामान्य बनुन् । सरकारले गरेको जेठ ५ गतेसम्मको लकडाउन अझ नलम्बीयोस् । कामना गरौँ ।
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७, १५:३३