काठमाडौँ । कपिलवस्तुका थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको जम्मा सङ्ख्या १ सय २० पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नयाँ सङ्क्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका ५ र बुद्धभुमि नगरपालिका ७ र १० का छन् ।
उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुष हुन् । एकजना पुरुषको भने उमेर नखुलेको मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिनुभयो ।
हालसम्म प्राप्त विवरण अनुसार नयाँ सङ्क्रमितहरुको स्वास्थ्य अवस्था सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७, ०९:०६