काठमाडौँ । नेपालमा आज एकै दिन २४ जनामा नोबेल कोरोना भाइरस, कोभिड १९ को सङ्क्रमण देखिएको छ ।
बिहान १०, दिउँसो १ र अघि साँझ १३ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा जम्मा सङ्क्रमितको १ सय ३४ पुगेको छ ।
कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभयो । कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका- ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना देखिएको हो ।
रुपन्देहीको सम्मरीमाइ गाउँपालिका- ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
बर्दिया राजापुर नगरपालिका- ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७, २०:०७